मन्त्री ढकालकी दिदीको निधन

मन्त्री ढकालकी दिदीको निधन

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकालकी माहिली दिदी अम्बिका सुवेदीको अर्वुद रोग (क्यान्सर) का कारण आज बिहान निधन भएको छ ।

मन्त्री ढकालसँगै रहनुभएकी सुवेदीको ६६ वर्षको उमेरमा आज बिहान काठमाडौंमा निधन भएको हो । उहाँ लामो समयदेखि अर्वुद रोगको उपचार गराइरहनु थियो ।

उहाँको पशुपति आर्यघाटमा दाहासंस्कारको तयारी गरिएको पारिवारिक स्रोतले बताएको छ ।

टिप्पणीहरू