वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री

वर्ष २०७७ निरर्थक भएन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल निरर्थक नभएको बताउनुभएको छ । कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा सरकारले थप सफलता हासिल गराएको उहाँको दावी छ । सरकारले कोभिडमा पनि निरर्थक हुन नदिएको उहाँको जिकिर छ ।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको बताउनुभयो । उहाँल नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताउनुभयो ।

सम्बोधन क्रममा उहाँले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू