नयाँ वर्ष २०७८ शुरु

नयाँ वर्ष २०७८ शुरु

नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०७८ आजदेखि शुरु भएको छ । कोरोना महामारीले गत वर्षझैँ यो वर्ष पनि उल्लासपूर्वक नयाँ वर्ष मनाउन चाहनेहरूलाई केही असहज बनाइदिएको छ । वि. स. ग्रेगोरियन क्यालेण्डर (इस्वी सम्वत्) भन्दा ५७ वर्ष ८ महिना १६ दिन अगाडि छ । यो सम्वत् राजा विक्रमादित्यले शुरु गरेको बताइन्छ ।

नेपालको आफ्नै नेपाल सम्वत पनि छ । तर, अहिलेसम्म राष्ट्रिय सम्वतको रुपमा यसलाई प्रचलनमा ल्याइएको भने छैन । नेपाल सम्वत् शंखधर साख्वाले आजभन्दा ११ सय ४१ वर्ष अघिदेखि प्रारम्भ गरेका हुन् ।

उमंगमय रहोस् नयाँ वर्ष, छाओस् सबैतिर हर्ष ! अनेकौं कष्टका वावजुद कहिल्यै हार नमान्ने समस्त नेपाली जनता, उर्जाशील आदरणीय पाठकहरु, समाचारसहित महत्वपूर्ण प्रकाशन सामग्री दिएर सहयोग गर्ने शुभेच्छुकहरु, ज्ञात-अज्ञात सूचना श्रोतहरु, बिज्ञापनदाताहरु, स्थापनाकालदेखि कुनै न कुनै हिसाबले योगदान गर्दै आउनुभएका हाम्रै गौरवशाली टिमका सदस्यहरु सबै-सबैमा नयाँ वर्ष ०७८ को हार्दिक शुभकामना ।

देश तथा बिदेश सबैतिरबाट जनआस्थाप्रति थप आस्था जाग्ने कामना, छापा र विद्युतीय माध्यम दुबैतर्फ यहाँहरुको अझै बढी साथ-सहयोगको चाहना ।

जनआस्था साप्ताहिक /janaaastha.com परिवार

टिप्पणीहरू