वर्षको अन्तिम दिन सेयर बजारमा उछाल

वर्षको अन्तिम दिन सेयर बजारमा उछाल

वर्षको अन्तिम दिन आज सेयर बजारले नयाँ उचाई छोएको छ । आज नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको हो । २०७७ को अन्तिम दिन सेयर बजार २३ दशमलब २३ अंकले बढेर नेप्से परिसूचक २७१४ दशमलब ७९ अंकमा पुगेको छ ।

प्रारम्भमा बजार बढेर २ हजार ७ स य १० अंकसम्म पुगेको थियो । त्यसपछि घटेर २ हजार ६ सय ८८ अंकमा झरेको थियो । तर, फेरी पछि बढेर बजार बन्द हुँदा नेप्सेले नयाँ रेकर्ड कायम राखेको हो ।

आज बैंकिङ, विकास बैंक, म्युचअल फण्ड र जलविद्युतको सेयर मूल्य बढेको छ । होटल तथा टुरिज्म, जीवन तथा निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, इन्भेष्टमेण्ट र अन्य परिसूचकमा कमी आएको छ ।

आज ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नबिल बैंकको २८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी नेपाल २८ करोड १० लाख र एनआईसी एसिया बैंकको २४ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

टिप्पणीहरू