पश्चिम ठमेल सडक महोत्सव नहुने

पश्चिम ठमेल सडक महोत्सव नहुने

कोरोना संक्रमण बढ्न थालेपछि यसपटक पश्चिम ठमेल सडक महोत्सव नहुने भएको छ । दैनिक रुपमा कोरोनाका संक्रमितहरु बढ्दै गएको भन्दै पश्चिम ठमेल पर्यटन परिषदले महोत्सव स्थगितको सूचना गरेको हो ।

परिषदका अध्यक्ष राजेन्द्र कुँवरले टोलबासी तथा पश्चिम ठमेल पर्यटन परिषदका सदस्यहरुलाई सम्बोधन गर्दै जारी गरेको सूचनामा कोरोना महामारीको दोश्रो लहर देखिन थालेको र स्थानिय प्रशासनले जमघट, भेला, तथा उत्सव आयोजनामा प्रतिबन्ध लगाइएकाले प्रस्तावित महोत्सव स्थगन गरिएको जानकारी दिइएको छ ।

परिषदले भोलि नयाँ बर्षको अवसरमा कोरोना महामारीको दोश्रो लहरबाट कसरी सुरक्षित रहने भन्ने विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने बताएको छ । कार्यक्रममा स्यानिटाइजर तथा मास्क वितरण गर्नुका साथै नयाँ बर्षको शुभकामना आदानप्रदान हुने परिषदले जनाएको छ ।

बिहान ९ देखि ११ बजेसम्म पकनाजोल चोकमा हुने कार्यक्रममा टोलबासीहरु तथा पश्चिम ठमेल पर्यटन परिषदका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ । परिषदले कार्यक्रममा उपस्थित हुदाँ सामाजिक दूरी कायम गर्न तथा मास्क लगाउन अनिवार्य गरेको छ ।

टिप्पणीहरू