कोरोनाबाट रुपन्देहीमा तीन जनाको ज्यान गयो

कोरोनाबाट रुपन्देहीमा तीन जनाको ज्यान गयो

रुपन्देहीमा सोमबार सबेरै कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताउनुभयो ।

मृत्यु हुनेमा कपिलवस्तुका ७९ वर्षीय पुरुष,  अर्घाखाँचीको मालारानी ५ की ७९ वर्षीया महिला र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको गौतमले जानकारी दिनुभयो ।
प्यूठानका पुरुषलाई चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । मृतक पुरुष मधुमेह र निमोनियाका बिरामी समेत थिए । उनको आज बिहान ५ बजे निधन भएको हो ।

त्यस्तै, मृतक दुबै महिलामा प्रेसर, दम, निमोनिया र मलेरिया पोजेटिभ रहेको गौतमले बताए । चैत २१ गते पिसिआर गराउँदा रिपोर्ट पोजेटिभ देखिएकी महिला व्यक्तिगत समस्याका कारण चैत २३ गते भर्ना भएको बताइएको छ ।

उनको पनि आज बिहान ७ बजेर २३ मिनेटको समयमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

टिप्पणीहरू