फोटोफिचर बिस्केट जात्रा

फोटोफिचर बिस्केट जात्रा

बिस्केट जात्रा, जसलाई बिस्क जात्रा पनि भनिन्छ । नेपालको, मुख्यतयाः भक्तपुरको सांस्कृतिक इतिहासमा एउटा महत्वपूर्ण पर्वको रूपमा लिइन्छ ।

एक हप्ता लामो यो पर्वलाई भक्तपुरवासीहरू आफ्नो प्रमुख तथा महत्वपूर्ण पर्वको रूपमा लिन्छन् । विशेष तान्त्रिक अनुष्ठानपछि रथ तानेर उनीहरू यो यात्राको शुरुवात गर्दछन् ।

पर्वभरि भक्तपुरवासी हर्षोल्लासका साथ परिवार तथा साथीसँगै भोजभतेरमा रमाउँछन् । गत वर्ष कोरोना भाइरसको संत्रासका कारण घोषित लकडाउन अवधिमा सामान्य पूजाअर्चना विधि गरेर जात्रा सम्पन्न गरिएको थियो ।

हिजो जात्राको क्रममा विभिन्न घटनामा परेर १९ जना घाइते भएका छन् । तीमध्ये केहीको उपचार भइरहेको छ ।

टिप्पणीहरू