काठमाडौं प्लाजा खाली गर्न अन्तिम चेतावनी

काठमाडौं प्लाजा खाली गर्न अन्तिम चेतावनी

देशको राजधानी काठमाडौंको मुटुमा अवस्थित काठमाण्डौ प्लाजा खाली गर्न भन्दै नेपाल ट्रष्ट कमलादी कार्यालयले अन्तिम चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं २८ कमलादीस्थित काठमाडौं प्लाजामा,कन्सेप्ट डेभलपर्स प्रा.ली सँग भएको लिज सम्झौताको अवधि ०७७ साल अषाढ २ गते समाप्त भएको जनाउँदै उक्त भवन खाली गर्न पटक पटक सूचना प्रकाशन,विद्युतीय माध्यमबाट प्रसारण र भवन परिसरमा सूचना टाँस हुनुका साथै कार्यालयमा बोलाई खाली गर्न अनुरोध गर्दासमेत खाली नगरेको र विभिन्न बहानामा भवन पसल , कवल तथा व्यापारिक फर्मका कार्यालयहरु सञ्चालन भइरहेकाले उक्त भवन खाली गर्न नेपाल ट्रष्टले ०७७ साल चैत्र ३१ सम्म म्यादसहितको सूचना जारी गरेको हो ।

प्रचालित कानुनबमोजिम उक्त भवन खाली गराउँदा हुन सक्ने क्षतिको सम्बन्धमा नेपाल ट्रष्ट जिम्मेवार नहुने जानकारीसमेत सूचनामा उल्लेख गरिएको छ । भवनमा कानुन विपरित व्यवसाय सञ्चालन गरिरहेका सम्बन्धित सबैमा कानुन बमोजिम कारवाही समेत गरिने जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू