आफ्नै संस्थामाथि घात गर्नेहरू

आफ्नै संस्थामाथि घात गर्नेहरू

आह्वान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरूले आफ्नै संस्थामाथि घात गरेका छन् । सदस्यहरूले विभिन्न मितिमा सामूहिक जमानी कर्जा शीर्षकमा लिएको ऋण तिर्ने क्रममा बाउन्स चेक भिडाएर संस्थालाई घात गरेको स्वयम् सहकारीले जनाएको छ ।

संस्थालाई बाउन्स चेक दिएर घात गर्ने १४ जना सेयर सदस्यविरुद्ध सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र चेकबमोजिमको रकम बुझाउन भनिएको छ । सहकारीले आफ्ना सेयर सदस्यहरूको नाम र उनीहरूले उपलब्ध गराएको बैंकको नाम उल्लेख गरी सूचना प्रकाशित गरेको हो ।

संस्थालाई बाउन्स चेक उपलब्ध गराएर लात हान्ने सेयर सदस्यहरूमा अशोक गिरी नेपाल इन्भेष्टमेन्ट बैँकको चेक नम्बर ९७४४२११,संजय बेघा हिमालयन बैँकको चेक नम्बर २२२४३२९, सोनाम लामा प्रभु बैंकको चेक नम्बर १७११३५७०, सुमन बस्नेत नबिल र सेन्चुरी बैंकको चेक नम्बर क्रमश: २४२८९६५१, ४२४९७५२ हुन् ।

त्यसैगरी मेनु आङदङवेले एनएमबी बैंकको चेक नम्बर ६५३६३२३,ध्रुवकुमार खड्का बैंक अफ काठमाण्डौंको चेक नम्बर ४५४९०३७६,हस्तबहादुर खत्री एभरेष्ट बैंकको चेक नम्बर ३५५२०४४, हरिप्रसाद पाण्डे देव विकास बैंकको चेक नम्बर ११६२३७९,मुकेश राइस मिलका सञ्चालक राजेशकुमार कलवारले नबिल बैंकको चेक नम्बर २४३५४७४७ बाट बाउन्स गराएका थिए ।

सेयर सदस्य गुप्ता एण्ड गुप्ता स्विट एण्ड चाटको कुमारी बैंकको चेक नम्बर ४९५३५८१, सुरेन्द्र सुनुवार लक्ष्मी बैंकको चेक नम्बर ४६२९८६७०, देवेन्द्र चौंलागाई सेञ्चुरी बैंकको चेक नं.५८७९९८४, ५८७९९८५,भोजबहादुर लामा नबिल बैंकको चेक नम्बर २३१२५६६७ र अर्जुन अधिकारीले हिमालयन बैंकको चेक नम्बर १८४२६२०९ बाट उपलब्ध गराएको भनिएको रकम बाउन्स भएको सहकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

यसबारे कुराकानी गर्न खोज्दा सहकारीको तर्फबाट कर्जा प्रमुख सुदिपराज ‘पन्तले बाउन्स चेक र रकमको बारेमा भन्न नमिल्ने” बताए । उनले भने ‘रकम मोटो छ, समितिको अनुमति बिना बताउन मिल्दैन’ ।

सहकारीका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा विभिन्न बहानामा टारेका थिए । पन्तले भने ‘अध्यक्षज्यूसँग अफिसमै आएर सम्पर्क गर्नुपर्छ ।’

टिप्पणीहरू