शुरु भयो बैंकिङ्ग तालिम

शुरु भयो बैंकिङ्ग तालिम

कोरोना महामारीका कारण रोकिएको बैंकिङ्ग क्षेत्रका कर्मचारीको तालिम कार्यक्रम शुरु भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुमा नगद व्यवस्थापन, जोखिम व्यवस्थापन, साधारण बैंकिङ्ग तथा राष्ट्र बैंकको निर्देशन, ऋण तथा धितो व्यवस्थापन, मुद्रा शुद्धिकरण तथा वित्तीय जानकारीलगायतका विषयमा तालिम दिँदै आएको इण्डिपेण्डेण्ट रिसर्च एण्ड इण्भेष्टमेण्ट कम्पनीले झण्डै एक वर्षपछि शनिबार काठमाडौंमा तालिमको आयोजना गरेको जनाएको छ ।

महामारीको असर धेरै परेको क्षेत्रमध्ये बैंक तथा वित्तीय संस्था पनि एक हो । अहिले सो क्षेत्रका कर्मचारीलाई पुनः पुनर्ताजगी तुल्याउन आवश्यक भएकोले बैंक तथा वित्तीय संस्थाहरुको अनुरोधमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै तालिम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

पाँच वर्षअघि स्थापना भएको उक्त कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुमा सबैभन्दा धेरै जनसम्पर्क हुने इकाइ र फाँटमा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि गराउन सहयोग पुर्याउने खालका विषयमा विशेषज्ञहरुबाट तालिम सञ्चालन गराउँदै आएको जनाएको छ ।

टिप्पणीहरू