खेलकुद क्षेत्र खुल्दै

खेलकुद क्षेत्र खुल्दै

काेभिड १९ ले गर्दा थलिएकाे उदयपुरको खेलकुद तँग्रिन शुरू गरेको छ । त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले विभिन्न ८ विधाका खेलहरू समावेश गरी प्रथम त्रियुगा नगर खेलकुद महाेत्सव २०७७ सञ्चालन गर्ने भएपछि यस्तो अवस्था सिर्जना भएको हाे ।

खेलकुद महाेत्सव २०७७ सञ्चालन गर्ने

फागुन २१ देखि २९ गतेसम्म सञ्चालन हुने महाेत्सवमा फुटबल,भलिबल,क्रिकेट, ब्याडमिन्टन,साईकि्लङ,बक्सिङ, कराते र तेक्वान्दो खेल हुनेछ । खेलकुदमा नगर क्षेत्रका जना २५० जना महिलासहित ८०० जनाले ले भाग लिने जानकारी अध्यक्ष प्रदिप श्रेष्ठले दिएका छन् ।

१३ लाख ५० हजारकाे लागतमा शुरू हुने यस महाेत्सवले आगामी वर्षदेखि निरन्तरता पाउने जानकारी वडाध्यक्ष विश्वराज भट्टराईले दिए । फुटबल थरूहट रंगशाला , भलिबल बाेक्से नयाँ बस्ती, क्रिकेट बसपार्क,साईकि्ङ चप्पन जंगल काेरिडाेर,तेक्वान्दो,कराते र बक्सिङ बाेक्सेस्थित कभर्डहलमा हुनेछ ।

टिप्पणीहरू