सार्वजनिक विद्यालयमा ‘जंक फुड’ निषेध

सार्वजनिक विद्यालयमा ‘जंक फुड’ निषेध

सरकारले देशभरका सबै सार्वजनिक विद्यालयमा ‘जंक फुड’ निषेध गरेको छ । ६० प्रकारका मेनु तयार पारेर ती मात्र खुवाउन पाइने गरी मेनु तोकिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सार्वजानिक विद्यालयका प्रारम्भिक वाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ ।
स्थानीयस्तरमा उत्पादन हुने खाद्यवस्तुलाई प्राथमिकतामा राख्दै केन्द्रले विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका नै सार्वजनिक गरेको हो ।

कार्यक्रमअनुसार देशभरीका २९ लाख ४० हजार ७ सय ८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइन्छ । त्यसअन्तर्गत कर्णालीमा प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ र अन्य क्षेत्रमा १५ रुपैयाँका दरले दिवाखाजाको रकम उपलब्ध गराउने छ ।
सरकारले विद्यार्थीलाई दिवाखाजा प्रयोजनका लागि ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार निकाशा गरिसकेको पनि जानकारी दिएको छ ।

टिप्पणीहरू