विश्वास कसलाई मात्रै गर्नु र बरै

विश्वास कसलाई मात्रै गर्नु र बरै

सामाजिक जञ्जालमा परेर धेरैको जीवन बर्बाद भएको छ । अपवाद स्वरुप केही आवाद पनि भएका छन् । यस्तै जञ्जालमा परी आफ्नै गुरुबाट बर्बादीको मुखमा पुगेर उम्किएकी एक शिष्य हुँ । समाजकै प्रतिष्ठित व्यक्तिबाट भोगेको दुव्र्यवहारका कहानी लेख्दै छु ताकि मझैं अरू चेलीको अस्मिता नलुटियोस् ती पातकीबाट ।

प्रमिला शर्मा (नाम परिर्वतन) । पेशाले गृहिणी । यस्ता नरपशुबाट मजस्ता युवतीले आफ्नो अस्मिता नगुमाउन् भन्ने उद्देश्यले लेख्दै छु, मैले भोगेको सत्य घटना । स्कुले शिक्षा बानेश्वरमा अवस्थित रत्नराज्यबाट । हिसाबमा केही कमजोर थिएँ । भाइले बानेश्वरमा रहेको अमर आदर्शमा अध्ययन गरेको । त्यो बेलाको चर्चित स्कुल अहिले कोल्याप्स भयो । सोही स्कुलमा अध्यापन गराउँथे अहिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आशीर्वाद पाएर सरकारी निकायको हाकिम बनेका साउद थरी ती व्यक्ति । माइती बानेश्वरनजिकै, उनी एउटा कोठा लिएर बस्थे । गणित विषयमा कमजोर र उनी सोही विषयको शिक्षक भएकै कारण ट्युसन पढ्न थालँे । एक महिना, दुई महिना मात्र होइन आठ कक्षादेखि आइए दोस्रो वर्ष पार गर्दासम्म उनीसँगै म्याथको ट्युसन पढेँ ।

गुरु र शिष्यको प्रगाढ सम्बन्ध थियो हामीबीच । त्यो समयसम्म उनको चरित्र एकदमै स्पटिकजस्तै थियो सफा । समयक्रमसँगै म कता हुत्तिएँ । छोरीको जात विवाह गरी पराइ घर सम्हाल्नुपर्ने । पराइलाई आफ्नो ठानी जानुपर्ने । लमजुङ घर भएका एक व्यवसायीसँग विवाह बन्धनमा बाँधिएँ । त्यसको केही वर्षपछि छोरी जन्मिन् । उनकै स्याहार, सुसारमा जिन्दगी गुज्रन थाल्यो । श्रीमान् अस्पताल सञ्चालक । पार्टनरहरूसँगको लफडामा परेर अस्पताल बन्द भयो । प्लाई उद्योगतिर युटर्न हुनुभयो । हामी आमाछोरी काठमाडौंमा घरमा बस्दै आएका छौं ।

यही बीच नेपालमा पनि कोरोना संक्रमण शुरु भयो । धेरै चिनजानका साथी कोरोना संक्रमित भए । कुराकानीकै सिलसिलामा एक जना साथीले हामीलाई स्कुलदेखि कलेजसम्म पढाउनुभएको सर पनि कोरोना संक्रमित हुनुभएको खबर सुनाए । यो गत असारको कुरा । आफ्नो गुरुलाई कोरोना संक्रमण भएको खबरले मनमा चिसो पस्यो । सामाजिक सञ्जालको जमानामा फेसबुकबाट उहाँलाई (सर्च गरें) खोजेँ । लामो मिहिनेतपछाडि भेट्टाएँ ।

नामजस्तै उज्यालो, त्यसमा पनि चिटिक्क परेको पोक्चे गोलो अनुहार, सानैदेखि गाउँको हावापानीले सजाएको झन् हट्टाकट्टा सर साँच्चै भन्नुपर्दा कुनै पनि नेपाली फिल्मको हिरोभन्दा हुनुहुन्नथ्यो । बिहान कलेज, दिउँसो स्कुल अनि साँझमा ट्युसन । यति धेरै व्यस्त मान्छे मैले कहिले काठमाडौंमा देखेको थिइनँ । उहाँसँग नदेखेको÷नभेटेको पनि दुई दशकभन्दा बढी समय व्यतित भइसकेको थियो । एउटा इमान्दार, संघर्षशील र असल मान्छे ठानेरै मैले सामाजिक सञ्जालमा खोज्दै थिएँ । रिक्वेस्ट पठाएको केही घण्टापछाडि उहाँले मित्रता स्विकार्नुभयो । कुराकानीका क्रममा परिचय आदान–प्रदान गर्दै नम्बर साटासाट ग¥र्यौं । नम्बर हात पर्नेबित्तिकै फोन गरेँ । कोरोना संक्रमित भएकाले आफूलाई चिन्तित बनाएको सुनाएँ । उहाँले अहिले नेगेटिभ भइसकेको जवाफ दिनुभयो । मन धेरै हल्का भयो । गुरुलाई अभिभावकजस्तो ठानेर दुई÷चार पटक आफैंले फोन गरँे । यो पछाडि मैले फोन डायल गरिनँ । कल रिसिभ मात्र गरँे । त्यसपछिको फोन उतैबाट आउँथ्यो ।

यो क्रम महिनौं चल्यो । भेटघाटका लागि उहाँले नै बोलाउनुभयो । उहाँको कार्यालय । कोरोना कहर सकिएर भर्खरै सरकारी कार्यालय खुलेको समय थियो । सोध्दै खोज्दै उहाँको कार्यकक्षमा पुगँे । श्रद्धा, आदरपूर्वक नमस्कार टक्र्याएँ । व्यस्तता उस्तै । कफी खाएर केही दिनपछि फेरि भेट्ने वाचा गरी छुट्टिएँ ।

बाटोमा जो पुरुष देख्यो उही बलात्कारीजस्तो लाग्थ्यो ।

त्यसपछि तीन÷चार पटक फोनमा कुराकानी भयो । उनैले बोलाए धुम्बाराहीमा । गुरुले बोलाएपछि म नजाने कारण थिएन । फुरंग हुँदै समयमै पुगेँ । शनिबारको दिन । दिउँसो ३ बजे हामी त्यहीँ भेटियौं । मैले चिसो खाने इच्छा जाहेर गरेँ । तर, गुरुले मान्नु भएन । ६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको छु । उहाँलाई मैले यो कुरा यस अगाडिको भेटमा भनिसकेको थिएँ । गुरुले भन्नुभयो, डिप्रेसन ठीक हुने दबाई खुवाउँछु । ड्रिंक्स अर्डर गर्नुभयो ।

जीवनभर आदर र श्रद्धापूर्वक हेरेको पात्र । इन्कार गरेँ पिउन । हकार्नुभयो । दुई÷तीन पेग कति खाएँ थाहा छैन । उहाँले पनि पिउनुभयो । यही नजिकै घर हो भाउजूलाई पनि भेटौंला भन्दै घर जाऊँ भने । त्यतिबेलासम्म मैले उनलाई आदर्श गुरुकै रूपमा हेरिरहेको थिएँ । त्यहाँबाट दुई मिनेटजति पार गरेपछाडि उनले भनेको घर आयो । त्यहाँ कोही थिएनन् । भित्रपट्टिको कोठामा सोफामा गएर बसेँ । सर केही क्षण पछाडि आए र कोठाभित्र छिर्न नपाई भित्रबाट चुकुल लगाउन थाले । सरको नियतमाथि अब बल्ल शंका लाग्यो । आफ्नो लुगा खोलेर मेरो संवेदनशील अंगमा हात अगाडि बढाउन थालेपछि इमोसनमा नआउने कुरै भएन । मैले उनलाई पटक पटक भनेको पनि थिएँ, ‘सर, मैले तपाईंलाई यो रूपमा कहिल्यै हेरेको छैन, विद्यार्थी भनेको छोरीबराबर हो ।’ नहेरे के भयो त भन्दै उनले मेरो कपडा खोल्न थाले ।

म त्यहाँ गुरुप्रतिको अगाध श्रद्धा र चोखो मन बोकेर गएको थिएँ । तर, उनको त्यो हिंस्रक र जंगली व्यवहार सहन सकिनँ । गालामा झापड लगाएँ, हातमा टोकिदिएँ । उनी रन्थनिँदै थिए । आधा होस, आधा बेहोसमा म त्यहाँबाट भागेँ ।

त्यहाँबाट मुख्य सडकमा निस्किएँ । ट्याक्सी खोजेँ तत्काल ट्याक्सी भेटिनँ । पछाडि उनी आइरहेको देखेँ । म त्यहाँबाट सार्वजनिक गाडी चढेर घरतर्फ हिँडे । अर्धबेहोस अवस्थामा घर पुगेँ । सुनेको थिएँ यस्तो अवस्थामा कागती पानी पियो भने ह्याङबाट मुक्त भइन्छ । घर गएर प्रशस्त कागती पानी पिएँ । त्यसै त मानसिक रोगी, यो घटनापछाडि बाटोमा जो पुरुष देख्यो उही बलात्कारीजस्तो लाग्थ्यो । आफ्नै श्रीमान्लाई समेत यो घटनाबारे भन्न सकिनँ । भोलिपल्ट आत्तिँदै सुनाएँ । यो मानसिक यातनाबाट मलाई बाहिर आउन झण्डै हप्ता दिन लाग्यो । त्यसदिनदेखि गुरुप्रतिको मेरो असीम आदर, श्रद्धा सत्कार चकनाचुर भएको छ । मेरो नमस्कार तिरस्कारमा बदलिएको छ । उनले मजस्तै कतिलाई यसैगरी शक्ति र सत्ताको आडमा जबर्जस्ती गरे वा प्रयास गरे होलान् ? आखिर ठूलो ओहदा र पदमा बस्दैमा कोही सभ्य र सुसंस्कृत मान्छे नहुँदो रहेछ । एउटा सरकारी निकायको प्रमुखजस्तो व्यक्तिबाट यस्तो खालको घृणित कुकृत्य होला भन्ने सपनामा पनि चिताएको थिइनँ । जबसम्म मान्छेभित्रको पशुत्व प्रवृत्ति मर्दैन । तबसम्म ऊ मान्छे कहलिँदैन । आफ्नै छोरी उमेरको र आफैंले पढाएको विद्यार्थीलाई समेत यौनदुव्र्यवहार गर्ने व्यक्तिबाट राज्यले कस्तो प्रतिफल पाउला ? – पर्मिला शर्मा (नाम परिवर्तन)

टिप्पणीहरू