राष्ट्रिय सभाको यो रमिता

राष्ट्रिय सभाको यो रमिता

प्रतिनिधिसभा विघटन हुँदा पनि ज्युँदो रहेको भनिएको राष्ट्रिय काम नपाएर रमितेस्थलझैँ देखिएको छ । संविधानतः संसदको अधिवेशन ६ महिनामा एक पटक बस्नैपर्ने भएकाले पुस १७ गतेदेखि राष्ट्रिय सभाको बैठक शुरु गरिएको हो । पहिलो दिन एउटा र २३ गते आज दोस्रो बैठक बसेको छ । सभाको अधिवेशन अन्त्य भएन भने सम्भवतः शुक्रबार पनि बैठक बस्नेछ ।

राष्ट्रियसभाले सभा सञ्चालनको लागि बिजनेस केही पनि नपाएपछि रमिता देखाउने ठाउँझैँ बनेको हो । स्रोतका अनुसार ‘दुई वटा हाउसको कम्बिनेशनमा रहेको संसदमा एउटा नहुने बित्तिक्कै लङ्गडो हुनु स्वाभाविक हो ।’ अर्कोतर्फ बिजनेश नहुँदा पनि बैठक चलाउँदा सरकारको बिरुद्ध माननीयहरू उफ्रिएर फोकटमा समाचार बन्ने निश्कर्ष निकालिएको छ । छ महिनाको संवैधानिक व्यवस्थाको पालना गरिएको देखिएपछि अब राष्ट्रियसभाको बैठक अन्त्य गर्नु नै उपयुक्त हुने बालुवाटारको निश्कर्ष रहेको बताइन्छ ।

अर्कोतर्फ,राष्ट्रिय सभामा सरकारी पार्टीको सांसदको संख्या फुटेर २४-२४ भएको र विपक्षीसमेत मिसिदा स्वत: अल्पमतमा रहेको भन्ने समाचारले प्रमुख पाएपछि सरकार थप दबाबमा देखिन्छ । ‘नत्र हाउस सञ्चालन गरेर विधेयकलगायतका विषयमा एकसरो छलफल र निर्णय गराउने मुडमा सरकार थियो’ सरकार निकट स्रोत बताउँछ ।

अहिले राष्ट्रिय सभामा १८ वटा विधेयक दर्ता छन् । प्रतिनिधिसभामा भएका ३९ वटा सबै विधेयक संसद विघटनपछि मृतप्रायः भएको छ । त्यसमध्ये राष्ट्रिय सभाबाट पारित भएर गएका छ वटा हुन् । राष्ट्रिय सभाको शुरुको दिनको बैठकमा सरकारको पक्षमा कसैले पनि बोलेको सुनिएन । तर, आजको बैठकमा छुट्याइएको विशेष समयमा केही माननीयले पक्ष र विपक्षमा बोलेका छन् ।

टिप्पणीहरू