यी क्याप्टेनले काठमाडौं छाड्न नपर्ने ?

यी क्याप्टेनले काठमाडौं छाड्न नपर्ने ?

सेनाभित्र विकास निर्माण विभाग २०६० वैशाख २८ गते स्थापना हुँदा करिब १५०० जनाको नफ्रीमा एक इञ्जिनियर विभाग, एक निर्देशनालय र एकवटा महाशाखा र दुईवटा गण थिए । जसबाट अहिले विकास निर्माण महाशाखा भने हटाइएको छ । पुरानो पिपा गोश्वारा कार्यालय (हाल बन्दोबस्ती कार्यदल) बाट ३५० जना, पायोनियर गणबाट करिब ५०० जना र बाँकी इन्फ्यान्ट्रीबाट तालिम गराउँदै ल्याइएको थियो । यसबीच सेवा अवधि नै घटाएर ८ जना अधिकृत, केही पदिक र अन्य दर्जालाई समेत स्वतः घर जान बाध्य बनाइयो । तीन जना मेजरले शान्ति सेनामा भाग लिन र केहीले पदोन्नति हुन पाएनन् ।

रुक्मांगत कटवालको पालामा कर्मचारी सुवेदार र प्राविधिक सुवेदारबाट झण्डै १० जना साधारण सेवाकालाई लप्टन दर्जामा टिका लगाएर दर्जा दिई विकास निर्माण विभागमा नियुक्ति दिइयो । प्रत्येक दुई–दुई वर्षमा सरुवा हुने नीति हो तर क्याप्टेन युवराज थापा र क्याप्टेन मित्रलाल भुर्तेललगायत ८ जना काठमाडौंको जंगी अड्डामै राज मात्र गरिरहेका छैनन्, झण्डै ३० वर्षदेखि यतै छन् । क्याप्टेन युवराजले जग्गा प्लटिङ, काठमाडौंको तीनकुनेमा गाडीको शोरुम खोल्ने काममात्र गरेका छैनन्, कार्य तथा प्रबन्धक फाँट हात पार्ने, शानित सेना, प्रमोसन तालिम र घर बिदामा समेत पक्षपात गर्दै रकमसमेत असुल्ने काम गरिरहेका छन् । शान्तिसेना सेटिङमा प्रथम पटकलाई रु. एक लाख, दोस्रो पटकलाई रु. दुई लाख लिन्छन् । विकास निर्माण कार्यदल गण २ का प्रमुख सेनानी हरिशरण सुवेदीसमेत अछुतो छैनन् । सबैको मिलेमतोमा राशनमा व्यापक घोटाला भएको छ । बिदामा बढी व्यक्ति पठाएर भ्रष्टाचार गरिरहेका छन् । क्याप्टेन युवराजले घुस खाएको रुपैयाँबाट उपत्यकाभित्र १० रोपनीभन्दा बढी जग्गा र दुईवटा घर निर्माण गरेका छन् ।

क्याप्टेन रमेश खड्का पनि ३० वर्षसम्म राज गरिरहने पात्रमध्ये हुन्, जसले ओभरसियर एक वर्षे इण्डियामा अध्ययन गरेका हुन् । उनी सबैलाई म इञ्जिनियर हुँ भन्दै हिँड्ने गर्छन् र इञ्जिनियरकै सुविधा भोग गरिरहेका छन् । मेजर–कर्णेलले समेत दाइ दाइ भनेर संबोधन गर्छन् । क्याप्टेन मित्रलाल भुर्तेल रुक्मांगद कटवालको पर्सनल कम्प्युटर सञ्चालक हुन् । काठमाडौंमा दुई/चार रोपनी जग्गा जोडेका छन् । चम्चा गिरीमा १ नम्बरमै पर्दछन् । क्याप्टेन रामहरि पुडासैनी युद्ध कार्य महानिर्देशनालयमा कार्यरत रही बजेट वितरण गर्ने, तालमेल मिलाउने काम गर्दछन् र सबै गुल्मपति र गणपतिज्यूहरुले निजलाई सलामी रकम बुझाउनुपर्ने हुन्छ । यिनको पनि कमाई १०/१२ करोड भइसकेको छ । विकास–निर्माण कार्यदल गण १ का हकमा कर्णेल उमेश सिंह त्यति नराम्रो कमाण्डर होइनन् । अधिकृत क्याप्टेन मित्रलाल भुर्तेल, सुवेदार मेजर रामचन्द्र खड्का र प्रबन्ध हु. दिलीप चौधरीले पनि उस्तै उद्दण्ड काम गरिरहेका छन् ।

सुवेदार मेजर रामचन्द्र खड्काले राशन स्टोर, सुवेदार मेजरको कोठा र जेसियो मेशमा जताततै ब्ल्याक लेबल, रेड लेबल खरिद गरी स्टोर गर्ने र कमिसन खाने, जग्गा दलाली गर्ने, केटी दलाली गर्ने कामसमेत उदांगो रुपमा गरिरहेका छन् तर गणपति करसाबले वास्तै गर्दैनन्, किन ? क्याप्टेन युवराज, मित्रलाल, रमेश, रामहरि र कल्याणराज पन्त सेनाका ज्वाईं हुन् ?

साधारण सेवाको दर्जा लिने, प्राविधिक सेवाको सुख, सुविधा खाने ? एकपटक क्याप्टेन साहेबहरुलाई ताप्लेजुङ अनि अछाम, डडेलधुरा, बैतडी कहाँ पर्दो रहेछ दुई वर्षका लागि सरुवा गराएर हेर्नुहोस् त चिफसा’ब, अनि मात्र ती तपाईंले उद्घोष गर्नुभएका नयाँ नारा सार्थक हुनेछन् ।

– विकास निर्माण कार्यदल गण १ र २ का सबै सकल दर्जाहरू

टिप्पणीहरू