कस्तो आश्वासनले पल्टाउँछ कमरेडलाई !

कस्तो आश्वासनले पल्टाउँछ कमरेडलाई !

पाैष १२ गते बुटवलको ड्राइभरटाेलस्थित हाेटल टुलिपमा नेकपा रुपन्देहीको भेला थियाे । हल भित्र करिब २ हजार र हल बाहिर त्यत्तिकै संख्यामा अगुवा कार्यकर्ता थिए । सबैमा काे नेता, कार्यकर्ता कता लाग्लान् भन्ने काैतुहलता, नेतृत्वप्रति रिस, पार्टीकाे भविस्यप्रति चिन्ता देखिन्थ्यो ।

उपस्थित नेता, कार्यकर्तालाई सम्बाेधन गर्न नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष ‌ओनसरि घर्ती, केन्द्रीय सदस्य बामदेब क्षेत्री, माधव शर्मा (एमएस) लगायत उपस्थित थिए ।

भेलालाई शुरुमै सम्बाेधन गर्दै केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभासद तथा रुपन्देही जिल्ला सहइन्चार्ज माधव शर्मा ( एमएस) ले केपी ओली समूह विचार र विधि नभएकाे अराजकहरुकाे समूह भन्दै उनीहरुलाई कम्युनिस्ट आन्दाेलनकाे गद्दारको संज्ञा दिए । पूर्व माओवादी समूहका एमएसले भाषण गरिरहँदा हलमा तालीकाे गडगडाहट थियाे । उनी झन मच्चिदै गए,”बिचार, विधि र संगठन नभएकाे पनि पार्टी हुन्छ ? ओली कामरेडहरु स्वार्थका झुन्ड हुन्  । यसैले हामी सबै ढुक्क भएर बिचार,विधि र संगठन भएकाे आधिकारिक पार्टी नेकपाकाे पक्षमा लाग्नुपर्छ । कसैकाे बहाकावमा, लाेभ र लालचमा पर्नु हुन्न,माधव कामरेड-प्रचन्ड कामरेडकाे पक्षमा उभिन अनुराेध गर्दछु ।”

कस्ताे लाज पचाएका हुन् । एकदिन अगाडिसम्म ‌ओली बदमास हाे भन्ने,पद पाउने आश्वासनपछि त्यहि मान्छेलाई भगवान मान्ने ? “

यसरी भाषण गरेर कार्यकर्ताकाे वाहवाही कमाएका एमएस अर्काे दिन भने यु टर्न भएका छन् । उनी आजभाेलि आईएम विथ के पी ओली  लेखेकाे गलबन्दी भिरेर ओली समूहकाे कार्यक्रममा देखिन थालेका छन् ।

ड्राइभरटाेल भेलामा चर्काे भाषण गरेका एमएसलाई बिष्णु पाैडेलले बालुवाटार बाेलाई प्रदेशकाे मन्त्री बनाउने वचन दिएपछि उनले क्याम्प फेरेको चर्चा छ । उनका कार्यकर्ताले भन्न थालेका छन्,” कस्ताे लाज पचाएका हुन् । एकदिन अगाडिसम्म ‌ओली बदमास हाे भन्ने,पद पाउने आश्वासनपछि त्यहि मान्छेलाई भगवान मान्ने ? “

“नाम नलेख्नुहाेला, सँगै काम गरियाे । तर एमएस गद्दार रहेछन् । जब त्यता जानु नै थियाे भने त्याे भेलामा ‌‌ओली समूहलाई किन त्यति साह्रो गाली गरेकाे हाेला !” एमएस निकट एक कार्यकर्ताले भने ।

उनले भने, “भाेलि उनी बाेलेकाे भिडियाे आउट भयो के हाेला,के नैतिकताले हामीलाई फेरि यता जाऊँ भन्लान् ! ”
बिगतमा बाबुराम भट्टराईकाे विश्वासपात्र मानिने एमएस बाबुरामलाई छाडी प्रचन्ड निकट हुँदा  प्रदेश साँसदकाे समेत टिकट पाई रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित छन् ।

पछिल्लाे समय रुपन्देहीमा एमएसले प्रदेश मन्त्री र अनुप बरालले जिल्ला सचिवकाे जिम्मेवारी पाउने शर्तमा प्रचण्डलाई छाडेकाे बुझिएकाे छ । उनीहरु दुबैजना ओलीलाई गद्दार भनेर सबैभन्दा बढि फेसबुकमा स्टाटस लेख्ने र भाषण गर्ने नेता हुन् । अनुप जनयुद्धको कमान्डर र गत प्रदेशसभा निर्वाचनमा रुपन्देही ३ क बाट नेकपाकाे उम्मेदवार थिए ।

टिप्पणीहरू