‘जनताको स्वास्थ्यमाथि सरकारको घात’

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूले स्वास्थ्य क्षेत्रको संवदेनशीलताप्रति सरकार उदासिन भएको बताउँदै शनिबार बिहान बिरोध कार्यक्रम गरेका छन् । ‘कोरोना महामारीमा स्वास्थ्यकर्मीको साथ,जनताको स्वास्थ्यमाथि सरकारको घात’ भन्ने मूल नारा र प्लेकार्डसहित बिहान माइतीघर मण्डलामा मौनधारण गरिएको हो ।

संघका अध्यक्ष डा.लोचन कार्कीको नेतृत्वमा भएको प्लेकार्डसहितको बिरोध कार्यक्रममा स्वास्थ्य क्षेत्रको पुनःसंरचना गर,सरकार मलाई पीपीई खै ? स्वास्थ्यमा स्वास्थ्यकै सचिव नियुक्त गर, स्वास्थ्यकर्मीहरूको सुरक्षा  कसको जिम्मा ? सम्पूर्ण स्वास्थ्यकर्मीहरू एकजुट हौं, जनता बसेका छन् रोई रोई भ्रष्टाचारीहरूलाई कारबाही खोई ? र कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्यसेवा सुधारका लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरूको माग पूरा गर भन्ने नारा लगाइएको थियो ।

टिप्पणीहरू