ओली पक्षको कार्यबिभाजन

ओली पक्षको कार्यबिभाजन

बालुवाटारमा भर्खरै सम्पन्न प्रधानमन्त्री पक्षको केन्द्रीय कमिटी बैठकले नेताहरुको कार्यबिभाजन गरी तत् तत स्थानमा पार्टी बिभाजनको औचित्यवारे सम्झाइबुझाइ गर्ने जिम्मेवारी तोकेको छ ।

जसअनुसार, प्रदेश १ : सुवास नेम्वाङले हेर्नुहुनेछ भने प्रदेश २ को जिम्मेवारी सत्यनारायण मण्डलको काँधमा छ । बागमती ईश्वर पोखरेलले सम्हाल्नुहुनेछ, गण्डकीको काम त्यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी शंकर पोखरेललाई नै दिइएको छ ।

माओवादी पृष्ठभूमिका मणि थापालाई कर्णाली, लेखराज भट्टलाई सुदूरपश्चिम, टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठन र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई काठमाडौं उपत्यका दिइएको छ ।

टिप्पणीहरू