बीस मीनेटमै सर्यो बैठक

बीस मीनेटमै सर्यो बैठक

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको अनुपस्थिति र महासचिव बिष्णु पौडेलको आग्रहमा सवा घण्टा ढिलो गरी बालुवाटारमै शुरु भएको नेकपा सचिवालय बैठक फेरि २० गते बस्ने गरी बीस मीनेटमै सकिएको छ ।
बैठक एक हप्ता सार्न माग भएकोमा तीन दिन पर अर्थात बीस गतेसम्म पर धकेलिएको हो । यसले गर्दा भोलिका निम्ति निर्धारित स्थायी समिति बैठक २१ गतेलाई सरेको छ । स्थायी समिति सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त स्वास्थ्यलाभको चरणमा रहेको र दुई चार दिन बैठक सार्ने मागको सुनुवाइ नगर्दा बहुमतले अर्घेल्याई गरेको ठहरिने कारण यस्तो निर्णयमा पुग्नुपरेको बताइन्छ । अब २० गतेबाट बैठक सरेर कहिले पुग्ने हो सो को चाहिँ कुनै ठेगान नभएको अवस्था छ ।

टिप्पणीहरू