जुममा जनयुद्ध

जुममा जनयुद्ध

यसपटकको जनमुक्ति सेना दिवस जुम मिटिङ्गमा सिमित बनेको छ । तत्कालीन लालसेनाका युवाहरू अहिले रोजीरोटीको लागि कोही मध्यपूर्व,कोही मलेशिया र कोही कोरियातिर पुगेका छन् । चल्तापुर्जा र च्यानल मिलाएका सिमितचाँहि युरोप पनि पुगेको देखिन्छ । विश्वभरि छरिएका पूर्व जनमुक्ति सेना अब जुममा सिमित बनेका हुन् ।

यस पटकको भर्चुअल जनमुक्ति सेना दिवसका प्रमुख अतिथि नेता देवेन्द्र पौडेललाई बनाइएको थियो भने कार्यक्रमको उद्घोषक जानुका धमला थिइन् । जुम मिटिङ्गको प्राविधिक कमाण्ड पूर्व लालसेना मनोहरि तिमिल्सिनाले सम्हालेका थिए । तिमिल्सिना तिनै हुन् जसले बागमती प्रदेशका सांसद विशाल खड्काकी पूर्व पत्नी भित्र्याएका छन् ।

प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै पौडेलले क्रान्तिकारी भाषण गरेका थिए । उनले कुनै हालतमा नेतृत्वले जनमुक्ति सेनाको वीरता नबिर्सने बताए । तर,उद्घोषक जानुकाले हप्काएको पारामा नेताहरूलाई अब के चाहिएको हो ? भनेर सोधेकी थिइन् । धमलाले कडिकडाउ रूपमा सोधिन् ‘तपाईंहरूलाई अझै पनि नपुगेको हो भने हामी हाम्रो किड्नी बेचेर भएपनि नेताहरूलाई सहयोग गर्न तयार छौं तर,भ्रष्टाचार नगरिदिनुहोस् अनि दायाँ बायाँ नगर्नुहोस् ।’ प्रत्युत्तरमा देवेन्द्र पौडेलले ‘तपाईंहरूको उक्त भावनाको उच्च कदर गर्छौ’ भनेका थिए ।

जुम मिटिङ्गमा भक्तपुरका क्यान्सर पीडित त तथा पूर्व जनमुक्ति सेना जमिन पनि देखिएका थिए । यसअघि उनको उपचारको लागि आवश्यक रकम संकलन कार्यमा उनै धमलाले संयोजन गरेकी थिइन् । त्यसैगरी,रुकुमका दलजित सेर्पालीले पनि सहभागिता जनाए । सेर्पाली पूर्व खेलकूद मन्त्री तथा पीएलए क्लबका पूर्व अध्यक्ष हुन् ।

टिप्पणीहरू