रास्ट्रपतिलाई दोलखाको प्रसाद

रास्ट्रपतिलाई दोलखाको प्रसाद

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा हिजो मंगलबार दिउँसो पौने दुई बजेदेखि ३ बजेर ५४ मिनेटको समयसम्म पटक पटक पसिना आएको जिल्ला प्रशासन कार्यालय, दोलखाले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

भीमेश्वरलाई पसिना आएपछि मुलुकमा अनिष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ । त्यस्तो नहोस् भन्नाको लागि हिजै मन्दिरका पुजारी तथा गुठियारहरूले पूजा गरेका छन् । त्यसपछि जिल्ला प्रशासनको अगुवाईमा सुरक्षा निकायका प्रमुख तथा मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूको संयुक्त बैठकले चलिआएको परम्पराअनुसार आज बुधबार राष्ट्र प्रमुख तथा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दोलखा भीमेश्वरको महाप्रसाद पठाउने निर्णय गरेको छ ।

टिप्पणीहरू