प्रमद्वारा कुनै हालतमा प्रचण्डलाई नछाड्ने प्रष्टोक्तिः प्रधानन्यायाधीशलाई उचालेको आरोप

प्रमद्वारा कुनै हालतमा प्रचण्डलाई नछाड्ने प्रष्टोक्तिः प्रधानन्यायाधीशलाई उचालेको आरोप

आइतबार बिहान ११ बजे पार्टी स्थायी समिति सदस्य तथा निवर्तमान भौतिक योजनामन्त्री रघुवीर महासेठसङ्ग वामदेव गौतमसहित माधव नेपालको छाला काढ्नुभएका प्रधानमन्त्री केपी ओलीले दुई घण्टापछि माधव नेपालको टिमसङ्ग भेट्दा भने उहाँको प्रशँशा र अर्का अध्यक्ष प्रचण्डमाथि मज्जैले सत्तोसराप गर्नुभएको छ । दिउँसो १ देखि झण्डै साँढे तीन बजेसम्म वरिष्ठ नेता माधव नेपालसहितलाई ओलीले भन्नुभयो, ‘पार्टीको अध्यक्ष मै हुँ । बैठक पनि मैले नै डाक्ने हो’। टोली सदस्य रघुजी पन्तले ‘कार्यकारी अध्यक्ष प्रचण्ड रहनुभएको अवस्थामा तपाईंले मात्रै बैठक डाक्दा वा तपाईंले तोकेको मितिलाई उहाँले नमान्दा के हुन्छ ?’ भनेर जिज्ञाशा राखेका थिए । जवाफमा प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँले डाके पनि–नडाके पनि, माने पनि नमाने पनि मैले डाकेपछि सिध्दिहाल्यो । त्यहि नै आधिकारिक हुन्छ ।’
प्रधानमन्त्रीको भनाईको सार थियो, ‘मबिरुद्ध षडयन्त्र गर्ने ? मनपरि आरोप लगाएर बैठक डाक्न पत्र लेख्ने ? म कुनै हालतमा पनि उस (प्रचण्ड) लाई छाड्िदनँ । हिजोसम्म त गरिखान दिऊँ क्यारे भन्ने लागेको थियो तर, यसरी पत्रै लेख्न थालेपछि भने अब कुनै हालतमा सहन्न । जालझेल र तिकडम गरेर सत्ता हत्याउँछु भन्ने ? किमार्थ त्यस्तो हुन दिइन्न ।’ लामो गुनासो पोख्दै प्रधानमन्त्रीले पार्टी फुटको लगभग संघारमा पुगेको पनि बताउनुभएको थियो । प्रधानमन्त्रीले कार्यकारी अध्यक्ष प्रचण्डप्रति आक्रोश पोख्ने क्रममा ‘आफूबिरुद्ध उपाध्यक्ष वामदेव गौतमलाई भड्काउने काम पनि उसले नै गरेको हो’ मात्र बताउनुभएन ‘अनेक तानाबाना बुन्दै सरकार प्रमुखबिरुद्धको योजनामा प्रधानन्यायाधीशलाई भेटेर उचाल्ने ? यसलाई कुनै हालतमा पनि क्षमा दिन सकिँदैन’ समेत भन्नुभएको थियो । भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख सामन्त गोयलसँग भेटको औचित्य पुष्टि गर्दै प्रधानमन्त्रीले ‘जे गरियो, ठीक गरियो’ भनेर अडान लिनुभयो ।

टोलीमा सम्मिलित भीम रावलले सामन्तसँग त्यसरी भेट गर्नु गलत थियो भन्नेबित्तिकै उहाँको भनाइ थियो ‘त्यसो होइन, उताका प्रधानमन्त्रीले जसलाई पठायो त्यसैसँग त हो नि कुरो गर्ने । अरु कोसँग कुरो गर्ने ? जे भयो ठीक भयो ।’ छलफललाई बिट मार्ने क्रममा प्रधानमन्त्रीले नेता नेपाललाई पनि विगतदेखि बाँड्दै आएको आश्वासनको पोको देखाउनुभयो । उहाँको भनाई थियो, ‘तपाईंलाई मैले पटक पटक भनेकै छु क्यार । पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनबाट हुनुहोस् । प्रधानमन्त्री बन्ने हो भने आगामी चुनावपछि हुनुहोस् ।’ सरसर्ति हेर्दा पार्टीभित्रको विवाद र अन्तरसंघर्ष उत्कर्षमा पुग्दा पनि प्रधानमन्त्री पूर्ण ढुक्कको अवस्थामा आफ्ना धारणाहरू राखिरहनुभएको छ । ढुक्कको गतिलो आधार नभएपनि प्रधानमन्त्रीले मदन भण्डारी फाउण्डेशनको गतिबिधिलाई भने नियमित प्रक्रियाझैँ बताउनुभएको थियो । यसअघि पार्टीले अपानि (अन्तर पार्टी निर्देशन) मार्फत् कुनैपनि गैह्रसरकारी संघ, संस्थाको गतिवीधि हाललाई स्थगित गर्न निर्देशन दिएपनि उहाँले भने आइतबारको भेटघाटमा मदन भण्डारी फाउण्डेशनको गतिवीधि नरोकिने र वडा स्तरसम्म बिस्तार हुने स्पष्ट सन्देश दिनुभएको छ । उता उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै धापासीमा काठमाडौं नेकपाका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा गरेको पूर्व एमालेभित्र एक खेमाको भेलालाई पनि उहाँले उपयुक्त रहेको ढंगले अर्थ्याउनुभएको थियो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘प्रेसिडेन्सियल कलेजतिर पनि यस्तै भेला हुने गरेको सुन्दैछु । त्यसैले इश्वरजीले भेला गर्नु कुनै अचम्म होइन ।’ उक्त कलेज लक्ष्मण केसीको हो ।

त्यहाँ यसअघि पार्टीको बिबाद चर्कँदा एकाध भेला भए पनि असारदेखि चरो मुसोसम्म पनि नपुगेको अर्काथरि बताउँछन् । दुई घण्टाअघि प्रधानमन्त्रीले रघुवीर महासेठसँग झण्डै दुई घण्टा माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमको बिरोध गर्नुभएको थियो । सो कुराकानीमा प्रधानमन्त्रीले ‘वामदेवजस्तो हुल्याहासहितले गरेको सचिवालयको निर्णयलाई कदापि मान्न नसकिने भएकाले त्यस्तो बैठकमा मेरो उपस्थिति हुने प्रश्नै आउँदैन’ भन्नुभएको बताइन्छ ।

टिप्पणीहरू