ग्लोबलको सहयोग गोर्खालाई

ग्लोबलको सहयोग गोर्खालाई

ग्लोबल गोरखा समाजको अध्यक्षमा बिनय अधिकारी निर्विरोध निर्वाचित भएका छन् । २७ देशमा छरिएका गोरखाबासी नेपालीहरूलाई समेटेर २०१६ मा गठित समाजको दोस्रो अधिवेशनले अधिकारीलाई छानेको हो । यसैबीच, उक्त समाजले कोभिड १९ सँग लड्न गोरखा जिल्लाका सबै स्थानीय तहमा एक एक लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । अधिकारी निर्वाचित भएपछि बसेको पहिलो बैठकले ९ वटै गाउँपालिका र २ वटा नगरपालिकालाई एक एक लाख बराबरको स्वास्थ्य सामग्री पठाउन लागेको छ ।

समाजले एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट प्रमुख संरक्षक रहने गरी ७ सदस्यीय संरक्षक समिति गठन गरेको छ । जसमा एनआरएनए अध्यक्ष कुमार पन्त, ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ, एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने, एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल, एनआरएनए संरक्षक रामप्रताप थापा, एनआरएनए आइसिसी सदस्य डा. विष्णुमाया परियार रहेको बताइन्छ ।

समाजले सचिवमा विराटबाबु खनाललाई (जापान) तोकेका छ भने गोरखा समाज युकेबाट एनआरएनए युकेका सह कोषाध्यक्ष शकुन्तला गुरुङ र सचिव खनाललाई आचरण तथा अनुशासन विभाग’ संयोजक पदमा पनि जिम्मेवारी दिइएको छ ।

समाजको कार्यसमिति सदस्यमा गोरखा समाज जापानको तर्फबाट मोती गुरुङ, प्रकाश बस्ताकोटी, अष्ट्रेलिया, प्रताप बगाले माल्टा, रामचन्द्र ढकाल यूएई, उर्मिला घले हङकङ, मनीष भट्ट स्पेन, किरणबहादुर गुरुङ मलेसिया, खोप गुरुङ कुवेत ,पदम गुरुङ बहराइन, देवप्रसाद अधिकारी बहराइन रहेको बताइन्छ ।

टिप्पणीहरू