कोरानाले मार्‍यो कि रिपोर्टले ?

कोरोना भाइरसको जोखिम बढेसँगै प्रतिदिन संक्रमितको मृत्युदर पनि बढ्दै गएको छ । समयमा पिसिआर रिपोर्ट नआउनु र प्रभावकारी उपचार नपाउनु नै मृत्युको कारण बन्ने गरेको छ ।

बाँकेका पत्रकार दामोदर भण्डारीले पिसिआर रिपोर्टको ढिलाइ मृत्यु दर बढ्नुको प्रमुख कारण भएको बताए ।
पिसिआर परीक्षण गरेको ३/४ दिनपछि रिपोर्ट आउनु र समयमै उपचार नपाउनुले बिरामीको अकालमा ज्यान जाने गरेको उनको भनाइ छ ।

‘बिरामीलाई सामान्य जरो अथवा कुनै लक्षण देखिएको २/३ दिनपछि पिसिआर परीक्षण गर्न जाने, ३/४ दिनपछि मात्रै रिपोर्र्ट आउने त्यो समयसम्म बिरामीलाई निमोनियालगायत समस्या भइसकेको हुने र समयमै उपचार नपाएर मृत्यु हुने ।’ उनी भन्छन्, ‘भेरी अस्पताल नेपालगञ्जमा शुल्क तिरेर पिसिआर जाँच गर्नेहरूको रिपोर्र्ट बिहानको साँझ र साँझको बिहान आउँछ तर निःशुल्क जाँच गर्नेहरूको चाहिँ २/३ दिनपछि आउँछ ।’

नमस्कार शाहबाट

टिप्पणीहरू