‘अमेरिकी चुनावमा धाँधली भएको छैन’: संघीय निर्वाचन आयोग

‘अमेरिकी चुनावमा धाँधली भएको छैन’: संघीय निर्वाचन आयोग

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय निर्वाचन आयोगले कुनै धाँधली वा गलत काम भएको प्रमाण आफूहरूले हालसम्म प्राप्त नगरेको जवाफ दिएको छ । संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले सीएनएनसँगको कुराकानीमा भनेकी छिन् ‘वास्तवमा अहिलेसम्म धाँधलीको कुनैपनि प्रमाण फेला परेको छैन ।’

अमेरिकाका अधिकांश राज्य, स्थानीय अधिकारी, कर्मचारी र सर्वेक्षणकर्मीहरूले अपनाएको सजगताका कारण यसपटक निर्वाचन र मतदानको क्रममा थोरै मात्र गुनासो आएको बताउँदै उनले भनेकी छिन् ‘बाहिर आएकाे हल्लामाझैँ निर्वाचनमा अवैध मतदान भएको बारे हालसम्म आयोगले कुनै प्रमाण प्राप्त गरेको छैन ।’

टिप्पणीहरू