दक्षिणका सेनापति आउनुअघि जर्नेलको फुली

दक्षिणका सेनापति आउनुअघि जर्नेलको फुली

भारतीय सेनापति नेपाल आउनु दुई दिनअघि हिजो सोमबार साँझ सेनाका दुई तारे जर्नेल ईश्वर हमालले तीन तारेको दर्ज्यानीचिन्ह लगाएका छन् । असारमै बढुवा भएर पनि उनको फुली लगाउने काम भने हिजो मात्रै सम्भव भएको हो ।

हमाल सेनामा तेस्रो वरियताका जर्नेल हुन् । फोर्स कमाण्डरको हैसियतले सिरियाको मिसनमा तैनाथ उनले विशेषगरी इजरायल, लेबनान, सिरिया र जोर्डनको सिमानामा रहेको गोलान हाइटको समस्या हेर्छन् । हमाल दशैँ बिदामा काठमाडौं आएको अवसर पारेर जंगी अड्डामा तीन तारे जर्नेलको फुली लगाएका हुन् ।

१४ दिन क्वारेण्टिनमा बसेर फुली लगाएका उनी एकाध दिनभित्रै सिरिया फर्कन लागेको बताइएको छ । यसअघि हालका सेनापति पूर्णचन्द्र थापा पनि बिदेशको सोही जिम्मेवारीमा थिए ।

टिप्पणीहरू