सेनामा कति जना दण्डित, कति जना पुरस्कृत ?

सेनामा कति जना दण्डित, कति जना पुरस्कृत ?

केहि समयदेखि नेपाली सेनाभित्रका बदमासी क्रमशः बाहिर आउन थालेको छ । यदाकदा सेनाभित्र राम्रो काम गर्नेहरू छायाँमा परेको हुन सक्नेसम्मको आँकलन गर्नेगरी निरन्तर नराम्रा कार्यको फेहरिस्त पनि आउने गरेको छ । तर,पछिल्लो दुई वर्षमा विभिन्न विधामा पुरस्कृत हुने अधिकृत,पदिक तथा अन्यदर्जाका कर्मचारीको संख्यासमेत उल्लेख्य पाइएको छ ।

२०७५ मा विभिन्न विधामा पुरस्कृत हुनेमध्ये तक्मा तथा विभुषणमा रथी १३,अधिकृत ६०,पदिक १० र अन्य ४३ गरी १२६ जना थिए भने प्रशँशापत्र पाउनेहरूमा रथी ९,अधिकृत ११७,पदिक २८ र अन्य १११ गरी कूल २६५ जना थिए । त्यसैगरी विशेष बढुवा पाउनेहरूमा अधिकृत ८,पदिक ६९,अन्य २३० गरी जम्मा ३०७ र मानार्थ बढुवा पाउनेहरूमा रथी ५,अधिकृत ३,पदिक १४५ गरी १५३ थिए । शान्ति सेनामा पदिक १ र नगद पुरस्कार अधिकृत ४,पदिक १५ र अन्य ३६६ गरी कूल ३८५ जनालाई दिइएको थियोे ।

२०७६ सालमा रथी १६,अधिकृत ५९, पदिक ७ र अन्य १७ गरी कूल ९९ जनाले तक्मा विभुषण पाएका थिए । कमेण्डेशन ब्याज पाउनेहरूमा रथी ५,अधिकृत १४५,पदिक ६४ र अन्य २७६ गरी ४९० जना थिए । सोही वर्ष अधिकृत ८,पदिक ६९, अन्य २३० गरी ३०७ जनाको विशेष बढुवा गरिएको थियो । त्यसैगरी विदेश तालिम पाउने अधिकृत १ जना र विशेष बढुवा हुनेहरूमा अधिकृत १,पदिक ६५ र अन्य दर्जा ३७ गरी १०३ जना थिए ।

उक्त वर्ष सेनाले मानार्थ बढुवा गरेकाहरूमा अधिकृत १,पदिक १०९ गरी ११० जना र शान्ति सेनामा अन्य दर्जा १ एवम् नगद पुरस्कार अधिकृत ४, पदिक १५ तथा अन्य दर्जा ३६ गरी ५५ जनालाई दिइएको थियो । प्रशंसा पत्र भने डिपो १, गण ११, बाहिनी १, पृतना महाविद्यालय १ र गैरसैनिक संस्था १ गरी जम्मा १६ वटा निकायले पाएका थिए ।

प्राप्त विवरणअनुसार २०७५ सालमा कारबाहीमा परेका रथीवृन्द तथा अधिकृतहरूमध्ये बढुवा रोक्का ५,दर्जा घटुवा २,तलब भत्ताबृद्धि रोक्का २७, नसिहत १६, बर्खास्तगी ३ र सचेत ५२ जनालाई गरिएको थियो । सोही वर्ष पदिक, बिल्लादार तथा अन्य दर्जाका १८१ जनाको बढुवा रोक्का, ५३ जनाको दर्जा घटुवा, ८६ जनाको तलब भत्ता बृद्धि रोक्का, १८० जनालाई राजश्व दाखिला, ३९ जनालाई नसिहत, २२२ जनालाई कैद, ३०६ जनाको बर्खास्तगी र ५२ जनालाई सचेत गराइएको छ ।

त्यसैगरी २०७६ सालमा रथीवृन्द तथा अधिकृतहरूमध्ये ६ जनाको बढुवा रोक्का, ३ जनाको दर्जा घटुवा, ७ जनालाई नसिहत, ५ जनालाई कैद, ३ जनालाई बर्खास्तगी र ४२ जनालाई सचेत गराइएको छ । पदिक, बिल्लादार तथा अन्य दर्जाका १७७ जनाको बढुवा रोक्का, ८० जनाको दर्जा घटुवा, ११२ जनाको तलब भत्ता वृद्धि रोक्का, २२० जनाको राजश्व दाखिला, ४ जनाको सेवा अवधि गणना नहुने, ६४ जनाको नसिहत, १९२ जनालाई कैद, २८३ जनाको बर्खास्तगी र २८२ जनालाई सचेत गराइएको देखिएको छ ।

टिप्पणीहरू