कोरोनाको क्षति,अन्त र नेपालमा कति ?

कोरोनाको क्षति,अन्त र नेपालमा कति ?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हिजो २४ घण्टामा १३ हजार ७४९ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमा २ हजार ९ सय ४२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
२४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । योसँगै उपचारपश्चात निको भएर घर फर्किनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपालमा कोरोना संक्रमित १ हजार ५ सय ३८ जना पुगेका छन् । तीमध्ये १ हजार २ सय १२ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

यस्तै नेपाली सेनाका ३ हजार ४ सय १२ जना कोरोनाबाट पीडित छन् । तीमध्ये १ हजार ९ सय ५६ जना डिस्चार्ज भएका छन् भने २ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीतर्फ ५ हजर ४ सय ८४ जना संक्रमित हुँदा ३ हजार ३ सय ४४ जना डिस्चार्ज भएका छन् । राष्ट्रिय अनुसन्धान विभागका १२ जना संक्रमित भएका छन्,तीमध्ये ५ जना डिस्चार्ज भएको तथ्यांक छ ।

छिमेकी मुलुक भारतमा हालसम्म कोरोनाबाट १ लाख १४ हजार ६४ जनाको ज्यान गैसकेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२ जनाले ज्यान गुमाएका छन् ।

हिजो ६१ हजार ८ सय ७१ जना संक्रमित थपिँदा भारतमा कूल संक्रमितको संख्या ७४ लाख ९४ हजार ५ सय ५१ जना पुगेको छ । त्यहाँ निको हुनेको संख्या ६५ लाख ९७ हजार २ सय ९ छ ।

कोरोनाबाट विश्वभर ४ करोड २३ हजार १ सय २५ जना संक्रमित छन् । हालसम्म ११ लाख १५ हजार ४ सय ९९ जनाको मृत्यु हुँदा २ करोड ९९ लाख ३४ हजार ९ सय ३० जना निको भएका छन् ।

टिप्पणीहरू