नायिकाको अश्लील फोटो बनाउने पक्राउ

नायिकाको अश्लील फोटो बनाउने पक्राउ

फेसबुक पेजमार्फत् नायिकाहरुको अश्लील फोटो र आपत्तिजनक सन्देश पठाउने एकजनालाई प्रहरीले पक्रेको छ । अछाम, ढकारी गाउँपालिकाको नाममा विभिन्न फेसबुक पेज बनाई असान्दर्भिक र अपाच्य स्टाटसहरु लेख्नुको साथै फोटो एडिट गरी ट्रोल बनाएर पोष्ट गरेको उजुरी परेसङ्गै सोही गाउँपालिका-५ चैनपुरका किरण क्षेत्री भन्ने किरण बुढालाई प्रहरीले समातेको हो ।

बुढाले विभिन्न फेक अकाउन्ट तथा पेजहरु बनाई ख्यातिप्राप्त महिला कलाकार,व्यक्ति तथा निकायहरुका बारेमा यौनजन्य अश्लील एवं आपत्तिजनक पोष्ट गरेको,प्रतिक्रिया लेखेको,फोटो आकृति बिगारेर ट्रोल बनाई पोष्ट गरेको अभियोगमा विद्युतीय कारोबार ऐनअनुसारको कसुरअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका सूचना अधिकारी एसएसपी नविन्द अर्यालले जनाएका छन् ।

टिप्पणीहरू