न्यायपरिषद् सदस्य : तीन नाम तयार

न्यायपरिषद् सदस्य : तीन नाम तयार

नेपाल बारको कोटामा एकजना न्यायपरिषद् सदस्य सिफारिस गर्ने विषयलाई लिएर बारभित्र अलग्गै घम्साघम्सी छ । नाम अनुमोदन मिति भने कात्तिक २१ लाई तोकिएको छ ।
प्रधानमन्त्रीनिकटस्थ बार पदाधिकारीले महेश नेपालको पक्षमा दबाब दिइरहेका छन् । तर, बहुमत बार पदाधिकारी तथा केन्द्रीय सदस्य महेशप्रति हैन, उनलाई अनुमोदन गर्ने योजनाप्रति असहमत छन् ।
एक बार पदाधिकारीको तर्क छ, बेञ्चमा चलिरहेको सरकारी हस्तक्षेप अन्त्य गर्न पनि हामीले यो आदेश मान्नु हुँदैन ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले निकटस्थ पदाधिकारीसँग आज आवेदनप्राप्त ३३ मध्ये तीन नाम अगाडि सार्न कुरा चलाएका छन् । ती हुन्, रामप्रसाद श्रेष्ठ, रामनाथ मैनाली र महेश नेपाल ।
यीमध्ये रामप्रसाद श्रेष्ठ ०७२ सालमा छोटो समय न्यायपरिषद् सदस्य भएका व्यक्ति हुन् । नयाँ संविधान जारी भएपछि पुनः नियुक्त हुनुपर्ने प्रावधानअनुसार उनको पुनः नियुक्ति भएन, पदमुक्त भए । उनी पूर्वएमाले सम्बद्ध कानुन व्यवसायी संगठनका संस्थापक अध्यक्ष हुन् । धरानवासी उनी नेकपाका गुटविहीन कार्यकर्ता हुन् ।
रामनाथ मैनाली कानुन व्यवसायमा वाम-प्रगतिशील खेमाका अर्का पुराना अनुहार हुन् । प्रहरीले संकटकालमा जनादेश साप्ताहिकमा छापा मार्दा उम्कन सफल व्यक्ति हुन् । उनी कानुनी सल्लाहकार थिए । काठमाडौं, ज्ञानेश्वरवासी मैनाली कानुनकर्ममा विवादमा नआएका व्यक्ति हुन् ।
भोजपुर स्थायी ठेगाना भएका महेश २०५१ सालमा नेपाल बारका केन्द्रीय सदस्य थिए ।

टिप्पणीहरू