आज पनि दुई अध्यक्षवीच मुख हेराहेर

आज पनि दुई अध्यक्षवीच मुख हेराहेर

पार्टीभित्रको विवाद मिलाउन र मन्त्रीहरु परिवर्तनबारे छलफल गर्न दुई अध्यक्षबीच भएको भेट बिना निष्कर्ष सकिएको छ ।

आज दुई अध्यक्षबीच कुनै ठोस परिणाम आउने गरी छलफल हुन सकेन । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विकसित राजनीतिक घटनाक्रमवारे सामान्य छलफल चलेको थियो ।

भेटमा चीन र भारतसङ्गको हाम्रो सम्बन्ध र भारतीय सेनापति आउन लागेकोबारे प्रधानमन्त्रीले प्रसङ्ग निकाल्नुभएको बताइन्छ ।

टिप्पणीहरू