एलजीको भाले, सीजीको पोथी

एलजीको भाले, सीजीको पोथी

चौधरी ग्रुप (सीजी ग्रुप) अन्तर्गत मानव स्रोत व्यवस्थापन (एचआरएम) विभागको प्रमुख रहेका एकजना कोरियन नागरिकले त्यहीँ कार्यरत वरिष्ठ तहकी नेपाली कर्मचारीलाई जिस्किँदा जिस्किँदै दुई जिउकी बनाइदिएपछि गाईंगुईं बाहिरिएको छ । गुपचुपमा कुरो मिलाउन भनिएपछि कोरियनले रन्किएर जागिर छाडेको बताइन्छ ।

ग्रुपको इलेक्ट्रोनिक सामान कारखाना र भण्डारण सबै सतुङ्गलमा छ । त्यहाँ एकथरि सामान सीजीको ब्राण्डमा तयार गरिन्छ भने अर्कोथरी कोरियन कम्पनी एलजीको नाममा समेत बनाउने गरिएको बताइन्छ ।

तर,वास्तविकताचाँहि चौधरी ग्रुपले धेरै अघिदेखि एलजी कोरियाको मुख्य डिलरसिप लिएको विषयसँग जोडिएको छ । अहिले त्यहि डिलरसिपलाई चीनमा उत्पादन हुने सस्तो एलजी इलेक्ट्रोनिक कम्पनीका सामानको कारोबारमा प्रयोग गरिएको ग्रुपमा कार्यरत असन्तुष्ट प्राविधिक तथा कर्मचारीहरूले बताएका छन् ।

बेला बेलामा एलजी कोरियाबाट हुने निरीक्षणको क्रममा चाँहि स्टोरमा राखिएका कोरियन एलजीका इलेक्ट्रोनिक्स सामानहरू नै डिस्प्ले गरिन्छ । एलजी डिलरसिपवापत कोरियन कम्पनीबाट प्राप्त हुने निश्चित रकमबाट सीजी इलेक्ट्रोनिक्सको सम्पूर्ण प्रशासनिक र सञ्चालन खर्चसमेत उठ्ने गरेको तिनै कर्मचारीहरूले दाबी गरेका छन् ।

उता,पाल्पा,सर्देवास्थित सीजी सिमेण्ट कारखानामा सतप्रतिशत भारतीय कामदार ल्याएर काम गराएको र स्थानीय कामदारलाई उपेक्षा गरेकोमा पनि स्थानीयले सीजी ग्रुपको व्यापक आलोचना गरेका छन् । कारखानामा झण्डै दुई हजार कामदार छन् ।

टिप्पणीहरू