यसो नगरे बेस हुन्थ्यो कि सम्माननीयज्यू !

यसो नगरे बेस हुन्थ्यो कि सम्माननीयज्यू !

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भाषण धेरै नगरे हुने । पुष्पकमल दाहाल प्रचण्ड ठेकेदारको घरमा नबसे हुने । सङ्गठन बनाएर अर्को चुनावमा नेकपालाई दुई तिहाइले जिताउनुपर्ने वामदेव गौतम र नारायणकाजी पाँच वर्ष जनताका माझ जानु साटो एल्डर्स हाउसमा नगएको भए हुने । अझ कोभिडविरुद्ध लड्न छाडेर झण्डै दुई तिहाइको सरकार चलाउने पार्टीले कुरुक्षेत्रको लडाइँ झैँ नलडेको भए हुने, गाँड कोराकोर नगरे हुने, जुँगाको लडाइँ नलडे हुने । पार्टी बैठक धूम्रबाराही र पेरिसडाँडामै गर्न जोड किन नदिने ?

चार पटक प्रधानमन्त्री र एक पटक सभापति भइसकेपछि शेरबहादुर देउवाले फेरि सभापतिमा आँखा नगाडे हुने । रामचन्द्र पौडेलले समाजवादको व्याख्या गर्न छाडेर पार्टीमा गुटबन्दी गर्दै हिँड्न नहुने । बाबुराम भट्टराईले तल्लोस्तरको भाषामा ट्विटरमा नलेख्ने गरे हुने(भारतीय राजदूतावासको कार्यक्रममा प्रधानमन्त्री बन्न लागेका माधवकुमार नेपाललाई उनले कुकुरलाई घिउ नपचेको सम्म भन्न भ्याएका थिए) । जसपाले यही संविधानअन्तर्गत भाग लिएर संविधानको विरोध नगरे हुने । राप्रपाले हिन्दूराज्य र राजतन्त्रमा नअल्मलिएर नयाँ विचार बोक्दा नहुने ?

दुई सय ५२ वर्षअघि नरोकिएको इन्द्रजात्रा त यसपालि रोकियो भने मच्छिन्द्रनाथको रथयात्रा साइतविना नचलाएको भए हुने । राष्ट्रिय वा संविधान दिवस भोकाहरूको नजीकै शहीद मञ्चमा भव्यसँग नमनाएको भए हुने । कोभिड महामारीले अर्थतन्त्र थिलथिलो भएको वर्ष करोडौँ खर्च गरेर मानपदवी, विभूषण र पदक घोषणा नगरेको भए हुने । प्रा.डा. गोविन्द केसीले बेला न कुबेला बजी नयला भनेझैँ कहिले भूकम्पका बेला, कहिले राष्ट्रियताको आन्दोलनका बेला, कहिले प्राकृतिक प्रकोप र अहिले महामारीका बेला सधैँ एकै मागका लागि एकै प्रकारको विरोध अनशन, सत्याग्रह नगरे हुने ।

यस्तो महामारीका बेला गाडी, बजार र पसलतिर हुल नगरे हुने । प्रत्यक्ष सभासमारोह, गोष्ठी, पार्टी प्रवेश कार्यक्रम नगरे हुने । मुखमा मास्क लगाउन छाडेर चिउँडोतिर नझुण्डयाए हुने । सरकारको विरोध गर्ने नाउँमा हुल बाँधीबाँधी जुलुस, धर्ना, ¥याली नगरे हुने । कुलमान बिजुली अड्डामै नआएर बिग्रेको अरु ठाउँमा गए हुने । विजय शाही र आकाश मोक्तान स्वामी विवेकानन्द जस्तै पारदर्शी भए हुने । पुण्य गौतम मिडियाबाजी नगरेर पिएचडी पूरा गर्नतिर लागे हुने । बोर्णबहादुर कार्की युट्युबे बन्न छाडेर मुद्दामामिलाको मिसिल राम्ररी पढ्नतिर लागे हुने, आनन्दमोहन श्रीमान्ले रिटमा मागेभन्दा बढी आदेश नगरे हुने, विद्वान्को काम सस्तो प्रचारबाजी रोज्न नहुने ।
अनलाइन कक्षाका नाममा चर्काे शुल्क लिन नहुने, विद्यार्थीको परीक्षा ढिला गर्न नहुने । कोरोना प्रोत्साहन भत्ता दिन्छु भन्ने, छ महिना नाघ्दा पनि नदिने ? गरीबसँग पिसिआर टेष्टको शुल्क लिन नहुने । विदेशमा दुःख पाएर फर्केकासँग विमान भाडा असुल्न नहुने, महँगो प्याज, तरकारी बहिष्कार गर्न किन नहुने ? चाडबाडमा मात्र पसल, गोदाम, गाडी अनुगमन गर्ने चलन फेर्न नमिल्ने ?

बलात्कारको घटनामा मिलापत्र गराउनेले हत्याको घटनामा पनि मिलापत्र नगराउला र ? कोरोनाका मृतकले मलामी नपाउने ? तेजाब हान्नेविरुद्ध अध्यादेश त आयो, बलात्कारीविरुद्ध नपुंसक बनाउने ऐनचाहिँ किन नल्याएको ? स्थानीय र प्रदेश कानून बनाउने मापदण्ड किन नपठाइदिएको ? अधिकारहरू सबै बाझिएका छन्, जिल्लाकै नाम फेर्नुपर्ने छ, संविधान संशोधन गर्नेतिर किन नलागेको ?

एक राष्ट्रकवि बिते, अर्काेको खोजी किन नगरेको ? मोदनाथ प्रश्रित जस्ता व्यक्तित्वले शारदा भुसालसँग डराएर किन हिँड्नु परेको, किन पद्मश्री अस्वीकार गरेको ?
अनि, अमेरिका जस्तो मुलुकका राष्ट्रपतिले पनि कर नतिर्दा रेछन्, हाम्रा नेताहरूले उनीबाट नसिक्लान् त ? नेपाली नेताले आफूविरुद्धका जेलाई पनि फेक न्युज भन्ने बानी नसिकेका हुन् र ? अजरबैजान र आर्मेनियाली पृथकतावादीबीचको भिडन्तमा नेपालले किन नबोलेको नि ? भारत– चीन, भारत–पाकिस्तान शीतयुद्धमा मध्यस्तता गर्नेबारे किन कहिल्यै प्रस्ताव नराखेको ? सार्क सम्मेलन गर्न किन जोडदार आवाज नउठाएको ?
नबोलेको काम गर्ने र बोलेको काम पूरा नगर्ने रोगले निहुरीमुन्टी न हुँदै नकारमा बाँचिरहने पीडा हामीले कहिलेसम्म बोक्ने ? हरेक क्रियामा प्रतिक्रिया मात्र दिएर आफूले सिर्जनशील हुने बाटो कहिले रोज्ने ?

[email protected]

टिप्पणीहरू