मजदुर मार्न कहाँ पाइन्छ ?

मजदुर मार्न कहाँ पाइन्छ ?

बैंकले टाट पल्टिएको औद्योगिक घराना मंगतुराम अग्रवाल समूहको सबै सम्पत्ति लिलाम गर्ने भएपछि अन्नपूर्ण सोप एण्ड केमिकल इण्डष्ट्रिजका मजदुरहरूले आफूहरूको बक्यौता पारिश्रमिक उपलब्ध नगराएमा कसैलाई पनि सम्पत्ति भोगचलन गर्न नदिने चेतावनी दिएका छन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोरअन्तर्गतको दुहबी नगरपालिका–३ मा बन्द रहेको अन्नपूर्ण सोपका एक सय बीस जना मजदुरले चार करोडभन्दा बढी पारिश्रमिक दिलाएर मात्र चलअचल सम्पत्ति लिलाम गर्नुपर्ने नत्र सम्पत्ति कसैलाई पनि भोगचलन गर्न नदिने चेतावनी दिएका हुन् ।

कम्पनी टाटा पल्टिएकाले बन्द अवस्थामा रहेको र पारिश्रमिक रकम दिन सक्ने अवस्था नभएको हँुदा लिलाम हुन लागेको अचल सम्पत्तिमा मजदुरको पनि हक दाबी हुने कारखाना श्रमिक संघका सुनसरी अध्यक्ष गुलाबन्द खाँले बताए ।

मंगलुराम अग्रवाल नामक व्यापारिक घरानाले सञ्चालन गरेको अन्नपूर्ण सोप वित्तीय कुशासनले गर्दा २०६१ देखि बन्द भएको थियो । बैंक ठगीको आरोपमा अख्तियारले उद्योगका सञ्चालक सुबोध, सुरेश, दामोदर र नारायण अग्रवाललाई पक्राउ गरेर तीन वर्ष जेलमा राखेको थियो ।

भर्खरै वाणिज्य बैंकले ऋण भुक्तानी नगरेको भन्दै अन्नपूर्ण सोप सञ्चालन गर्ने मंगतुराम अग्रवाल ग्रुपको सबै चलअचल सम्पत्ति लिलाम गर्ने घोषणा गरेको छ ।

 

टिप्पणीहरू