निर्मलाको हत्यारा खोज्दै अर्को प्रहरी टोली

निर्मलाको हत्यारा खोज्दै अर्को प्रहरी टोली

सीआईबीको एउटा टोली कञ्चनपुर पुगेको छ । निर्मला पन्तको हत्याकाण्ड अनुसन्धान र हत्यारा पत्ता लगाउन उक्त टोली अहोरात्र खटिएको बताइएको छ ।

प्रहरी उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा आठ जनाको टोली परिचालित भएको हो । स्रोतका अनुसार पहिले पनि बाखुको टोलीले उक्त काण्डको अनुसन्धान गरेको थियो । सीआईबीमा बाखु बलात्कारपछिको हत्यासम्बन्धी अनुसन्धानमा राम्रो दखल राख्ने अनुसन्धान अधिकृतको रूपमा परिचित छन् ।

यतिखेर सुदूर पश्चिम प्रहरीको जिम्मेवारी डिआईजी उत्तम सुवेदीले सम्हालेका छन् । उनले नयाँ प्रहरी महानिरीक्षक सैलेश थापालाई बधाई दिन एक महिनाअघि काठमाडौं आउँदा उक्त हत्याकाण्डलाई नयाँ शीराबाट अनुसन्धान गर्ने बताएका थिए ।

टिप्पणीहरू