माओवादीहरु बालुवाटारबाट चोरिने सम्भावनै छैन

माओवादीहरु बालुवाटारबाट चोरिने सम्भावनै छैन

पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल (प्रचण्ड) सँग हिजो मंगलबार बिहान भएको भेटमा उहाँ पार्टी एकता टिकाउने कुरामा दृढ हुनुहुन्छ भन्ने बुझिन्छ ।

पार्टी एकताबिना जनताले सुम्पिएका कार्यभार सम्पन्न गर्न सम्भव छैन । त्यसका निम्ति सरकारका कार्यशैलीदेखि पार्टी सञ्चालनका विधि तथा पद्धति स्थापित गर्ने मुख्य चुनौति रहेको महसूस उहाँले राम्रोसँग गर्नुभएको मैले पाएँ ।
तर,पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका यी कुरामध्ये केही पनि मान्नु भएको छैन । उहाँले प्रचण्डलाई भन्नुभएको रहेछ, ‘प्रधानमन्त्री हुने भए मध्यावधिमा जाऔँ, अध्यक्ष हुने भए महाधिवेशनमा जाऔँ,म उठ्दिनँ ।’

तर,अहिलेको समाधान यसरी सम्भव नभएको पनि प्रचण्डले हामीलाई सुनाउनुभएको छ । प्रचण्डले महाधिवेशन नहुँदासम्म केन्द्रीय कमिटी नै सर्वोच्च निकाय हो भन्ने गर्नुभएको छ । हालै पार्टीका १ सय ५० भन्दा बढी केन्द्रीय सदस्यले माग गरिरहेको केन्द्रीय कमिटीको बैठक पनि केपीले मान्दिनँ भन्ने कुरा अध्यक्ष प्रच्ण्डसँग भन्नुभएको छ ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका यी कुरामध्ये केही पनि मान्नु भएको छैन । एकता बचोस् भन्नका लागि बालुवाटारमा हाजिर लगाएर बस्नुपर्ने अवस्था आएको हो ।

यसरी हेर्दा के बुझिन्छ भने,प्रचण्डलाई पार्टी फुटि नहालोस् भन्ने चौतर्फी छ । यसकारण एकता बचोस् भन्नका लागि बालुवाटारमा हाजिर लगाएर बस्नुपर्ने अवस्था आएको हो । कुराकानी गरेर निश्कर्ष आउँदैन भन्ने उहाँले बुझ्नुभएको छ । तर, त्यसो नगरे पार्टी एकता झन्झन् संकटमा पर्छ भन्ने अर्को खतरालाई दृष्टिगत गर्दै उहाँ निरन्तर बालुवाटार आउने–जानेमा व्यस्त हुनुहुन्छ ।

अहिलेकै कानुनी व्यवस्थाअनुसार केपीले पार्टी फुटाउन सक्ने अवस्था छ कि छैन भन्दा पनि उहाँले छोडेर हिँडेपछि कसको के लाग्छ र ? विभाजनलाई वैधानिकता दिन पनि केन्द्रीय कमिटी नै चाहिन्छ । सचिवालय र स्थायी कमिटीबाट हुँदैन । तर, केपी त्यसलाई सामना गर्न तयारै हुनुहुन्न ।

उहाँ आफू हिजोको महाधिवेशनले बनाएको अध्यक्ष हुँ भन्ने गर्नुहुन्छ । अहिलेको नेकपा कुनै महाधिवेशनको जगमा बनेको पार्टी नभएर एकता प्रक्रियाबाट महाधिवेशनउन्मुख दल हो । पूर्वपार्टीहरुको महाधिवेशनका वैधता खोज्ने हो भने प्रचण्ड पनि तत्कालिन नेकपा (एकीकृत माओवादी) को हेटौंडा महाधिवेशनबाट निर्वाचित हुनुभएको अध्यक्ष हो । तर,यी तर्क गरिनु समयको बर्बादी मात्र हो, समाधानबाट भाग्ने बहानामात्र हो ।

उहाँ आफू हिजोको महाधिवेशनले बनाएको अध्यक्ष हुँ भन्ने गर्नुहुन्छ । प्रचण्ड पनि तत्कालिन नेकपा (एकीकृत माओवादी) को हेटौंडा महाधिवेशनबाट निर्वाचित हुनुभएको अध्यक्ष हो । तर,यी तर्क गरिनु समयको बर्बादी मात्र हो, समाधानबाट भाग्ने बहानामात्र हो ।

पूर्वएमालेका साथीहरु भन्नुहुन्छ, ‘केपी अध्यक्ष निर्वाचित हुनुभएको महाधिवेशनको पाँच वर्षे कार्यकाल सकिइसक्यो ।’ हामी भन्छौँ , एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको हो,पार्टी विलय हैन । एकता भएपछि त्यसका निश्चित आधार र सहमति निर्माण गरिएका छन् । एकताका ती आधार र सहमतिलाई अहिले अस्वीकार गर्नु भनेको एकता भंग गर्न चाहनु हो । एकता भंग गर्नु भनेको ०७४ को निर्वाचनमा जनताले दिएको जनमतको अपमान गर्नु हो । प्रचण्ड त्यसो गर्न चाहनुहुन्नँ । तर, अर्का अध्यक्ष तथा प्रधानमन्त्री यी कुरासँग कुनै मतलब राखिरहनुभएको छैन । ‘जेसुकै होस्,केही पनि छोड्दिनँ’ भन्ने अडानमै हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डसँग उहाँ भन्नुहुन्छ रे, ‘दुईचार जना उफ्रिएर हुन्छ ? विधिमा जानुपर्छ । विधि भनेको सहमति हो ।’

प्रचण्डका तीन बटमलाइन छन् । पहिलो हो,पार्टी एकता हुँदाको सहमति । दोस्रो हो,एकतापछि बीचमा गरिएको सहमति । र, तेस्रो हो पार्टीका संस्थागत निकायमा विधिसम्मत गरिने निर्णयको सर्वोपरिता ।

बालुवाटारको भेटमा प्रचण्डले यसो भनेपछि केपीले ‘जेसुकै होस्, म प्रधानमन्त्री, पार्टी अध्यक्ष केही पनि छोड्दिनँ, केन्द्रीय कमिटी बैठक बोलाउँदिन, बस्यो भने पनि त्यसमा जान्नँ । म नगएपछि त्यो बैठक वैधानिक पनि हुँदैन ’भन्नुभएछ ।
प्रचण्डले हामीलाई भन्नुभयो, ‘हामी एकता टिकोस् भन्नेमा छौँ । केपीले पद्धतिमा आएँ भन्ने आत्मबोध गर्नुपर्छ ।’

सुनिन्छ,प्रधानमन्त्रीले सके सहमतिमा,नसके आफ्नै तालले भदौसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्नुभएको छ । हल्ला छ,हरिबोल गजुरेल,टोपबहादुर रायमाझीहरुलाई केपीले मन्त्रीका रुपमा लगेर पूर्वमाओवादीभित्र विद्रोह गराउँदै हुनुहुन्छ । तर,मैले मंगलबार खुमलटारमा उहाँहरु दुबै कमरेडलाई देखेँ, भेटेँ ।

केपीले प्रचण्डका यस्ता कुरा सुनेपछि भन्नुभयो रे, ‘तपाईंहरु पार्टी निर्णय प्रयोग गर्ने हो भने म पनि पार्टी निर्णयकै आधारमा चल्छु ।’ अर्थात्, उहाँले अर्को पार्टी बनाउने कुरा गर्नुभएको छ ।

प्रचण्डचाहिँ मान्छे चोरेर,यता र उताको गरेर हैन, जो जहाँ छौँ त्यही आधारमा एकता खोजौँ भन्नेमा हुनुहुन्छ ।  केपीले मन्त्री रहेका साथीहरुलाई पटक–पटक कित्ता क्लियर गर्न भनिरहनुभएको छ । सुनिन्छ,प्रधानमन्त्रीले सके सहमतिमा,नसके आफ्नै तालले भदौसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्नुभएको छ । हल्ला छ,हरिबोल गजुरेल,टोपबहादुर रायमाझीहरुलाई केपीले मन्त्रीका रुपमा लगेर पूर्वमाओवादीभित्र विद्रोह गराउँदै हुनुहुन्छ । तर,मैले मंगलबार खुमलटारमा उहाँहरु दुबै कमरेडलाई देखेँ, भेटेँ । त्यसैले मन्त्री बनाएर उहाँहरु चोरिने सम्भावना छैन ।

हरिबोलको कुरा थियो, ‘माधव नेपाल बोकेर हामीलाई छोड्ने काम भयो ।’ तर,यो प्राविधिक विषय हो,वैचारिक र कार्यनीतिक असहमति यसलाई भनिँदैन । माओवादबाट विकास भएर आएका साथीहरु यस्ता सानातिना प्राविधिक कुरामा लागेर यताउता नहुनुुहोला भन्ने मेरो विश्वास हो ।

(जनआस्थासङ्गको कुराकानीमा आधारित)

टिप्पणीहरू