आज पनि बालुवाटारमा हात लाग्यो शून्य

आज पनि बालुवाटारमा हात लाग्यो शून्य

हिजो र आज भएका नेकपाका दुईजना अध्यक्षबीचको छलफल पनि निरन्तरताको श्रृंखला मात्र बनेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा टसमस हुनुभएको छैन । स्रोतका अनुसार वहाँ हिजोभन्दा आज झन् ‘ब्याक’ हुनुभयो । वहाँले ‘मैले छाड्ने कुरा केही छैन,केही छोड्न मन छ भने तपाईंहरूले छाड्दा हुन्छ’ भन्नुभएको थियो । छलफल एकाएक चर्काचर्कीमा परिणत भएपछि प्रचण्ड ‘झगडा गर्नुभन्दा निस्केर हिँड्नु उचित’ भन्दै बालुवाटारबाट बाहिरिनुभयो ।

बालुवाटारबाट रन्केर खुमलटार पुग्नभएका दाहाल ‘टाउको दुख्यो’ भन्दै सुत्नुभएको स्रोतको दाबी छ । त्यसअघि आफू निकटहरूलाई छलफलको निश्कर्ष सुनाउँदै वहाँले ‘यत्तिको तनाव त जिन्दगीमा मलाई कसैले पनि दिएको थिएन’ भन्नुभएको थियो । प्रधानमन्त्रीको पछिल्लो प्रवृत्तिलाई दाहालले ‘घमण्डी, हेपाहा, अहंकारी, विधि मिच्ने र अनुशासन नमान्ने’ को संज्ञा दिनुभएको छ ।

महाधिवेशनको मुखमा कसैलाई अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारीसहित अभियानमा जान दिदा यसवीच सत्ता र शक्तिले नियुक्ति, निकासालगायत प्रभाव पार्ने मनोबैज्ञानिक र अन्य असरको बेग्लै हिसाब आफ्नो ठाउँमा छदैछ ।

प्रधानमन्त्रीले फेरि पनि महाधिवेशनको पासा फ्याँक्नु भएको बुझिएको छ । आजको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीले ‘वैचारिक हिसाबले अहिले टुङ्गो लगाएर तपाईं अध्यक्ष हुने कि महाधिवेशनबाट अध्यक्ष हुने ?’ भनेर जिज्ञासा राख्नुभएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको जिज्ञासालाई पूर्व माओवादी नेता तथा कार्यकर्ताले जनताको बहुदलीय जनवादलाई स्वीकार गरेमात्र प्रचण्डलाई थोरै स्पेस दिने रणनीतिको रूपमा बुझेका छन् ।

महाधिवेशनको एकोहोरो दावीभित्र बालुवाटारको अर्को चालबाजी लुकेको उनीहरूको दाबी छ । पाएसम्म दुबैजना अध्यक्ष र वरिष्ठ नेता माधव नेपाल एकल अध्यक्षका प्रमुख दावेदार हुन् । यस्तो रणनीतिअन्तर्गत  महाधिवेशन घोषणा भएको अवस्थामा तीनैजनाले कार्यकर्ताको बीचमा जाँदा अहिलेदेखि नै स्पष्ट ढंगले एउटा लाइन लिएर जानैपर्ने हुन्छ । त्यस्तो अवस्थामा नेतृत्व तीनतिर बाँडिदा त्यसको फाइदा स्वतः बालुवाटारलाई नै हुनेछ । र, प्रधानमन्त्रीलाई सबैभन्दा ठूलो फाइदा महाधिवेशनको कारण दाहाल र नेपालबीच नसोचेको दरार उत्पन्न हुनेछ ।

महाधिवेशनको मुखमा कसैलाई अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारीसहित अभियानमा जान दिदा यसवीच सत्ता र शक्तिले नियुक्ति, निकासालगायत प्रभाव पार्ने मनोबैज्ञानिक र अन्य असरको बेग्लै हिसाब आफ्नो ठाउँमा छदैछ ।

टिप्पणीहरू