सेनाले सशस्त्रलाई दिएको हतियार सुडानमा

सेनाले सशस्त्रलाई दिएको हतियार सुडानमा

नेपाली सेनाले चलाएर थोत्रिएका ६ सय थान इन्सास हतियार सशस्त्र प्रहरीले जिम्मा लिएको छ ।

नेपाली सेनाका लागि भने अमेरिकाबाट के टु सिरिजका दश हजार थान एम 16 राइफल किन्न लागिएको छ ।

गतिलो हतियार नभएर सशस्त्र प्रहरी तैनाथ रहेका विभिन्न शान्ति मिसनमा लज्जित हुनुपरेको पृष्ठभूमिमा सशस्त्रले सेनाबाट उक्त हतियार बुझेको हो । त्यसमध्ये आधा हतियार मिसनमा जाने भएको छ भने आधा हतियार त्यहाँ जानका लागि यहीँ हुने तालिममा प्रयोग गरिने छ ।

ती हतियार विशेषतः सुडानमा शान्ति स्थापनार्थ तैनाथ सशस्त्र प्रहरीले प्रयोग गर्नेछन् ।

सेनाले यसरी हतियार दिँदा सशस्त्रलाई कुनै आर्थिक भार परेको छैन । नेपाल सरकारको निर्णयअनुसार उसले हतियार पाएको हो ।

यसबाहेक सशस्त्रले अरु बेला हतियार खरिद गर्नुपरेमा सेनाको अनुमति लिनुपर्ने व्यवस्था छ ।

टिप्पणीहरू