रातारात नवधनाढ्य बन्नुको राज

सार्वजनिक खरिद नियमावली, करार ऐनदेखि सबै कानुनलाई धोति लगाएर एकजना ठेकेदारको राइँदाइँ चलिरहेको छ, सेना र प्रहरीका हाकिमहरु टुलुटुलु हेरेर बसिरहेका छन् ।

२० करोडमा प्रहरीको सिल्ड, हत्कडी, बडी प्रोटेक्टरका सामान आयात गर्न ठेकेदार दीपक भट्टले चार वर्षदेखि आलटाल गरिरहेका छन् । आफूले सामान नल्याउने, आर्थिक वर्ष सकिन लाग्दा जेठमा टेण्डर खुल्छ, अरुले हाल्दा रद्ध हुने !

सेनाले तिनै सामान आयात गर्नका लागि नयाँ आर्थिक वर्ष अर्थात् साउन लाग्नासाथ टेण्डर प्रक्रिया थाल्छ तर पुलिसले आर्थिक वर्षको अन्त्यमा निकालेको टेण्डर दीपकले पाउँदैनन्, अनि रकम फ्रिज हुन्छ ! प्रहरीले पुनः टेण्डर गर्न नपाउने गरी लास्टमा टेण्डर निकाल्छ । अचम्म के छ भने, हरेक आइजिपीले कसको दबाबमा काम गर्छन्, जसको आदेश काट्न सक्दैनन् ? किनभने, त्यो टेण्डर दीपकले नपाए स्वतः रद्ध हुन्छ ।

२०–२५ करोडमा ७â६ र ९ एमएमको गोली, टियर ग्यास, दंगा नियन्त्रणमा प्रयोग हुने वाटर क्यानन हङकङमा अवस्थित निहाल ट्रेडिङका नाममा उनले टेण्डर हाल्ने र ठेक्का फुत्काउने गरेका छन् ! सेनामा त्यही कम्पनी र डकुमेन्ट क्वालिफाई हुन्छ । किनभने, त्यहाँ राजनीति चल्दैन । पुलिसमा डिस्क्वालिफाइ हुन्छ । जति सूचीकरण वा प्रतिस्पर्धा उति क्वालिटी हुने हो तर पुलिस नै भट्टले चलाएझैँ अरुले त्यसमा टेण्डर गर्न सक्दैनन्, गरे पनि रद्ध हुन्छ ।

यस्तै ठेक्काको प्रतिस्पर्धामा अर्का भट्ट अर्थात् झंक भट्टसँग काटाकाट चल्दा सुदूरपश्चिमे रमेश चन्दलाई आईजी बनाएर धादिङे रविन्द्रप्रताप शाहलाई लडाउन यी दीपक भट्ट सफल भएका थिए । श्यामभक्त थापा हुँदादेखि नै दीपक सबै गृह र प्रधानमन्त्रीसम्म सहज एक्सेस पाउने पात्र हुन् ।

टिप्पणीहरू