अर्को हप्तादेखि जनआस्था सुचारु

अर्को हप्तादेखि जनआस्था सुचारु 

अप्रत्यासित कोरोना रोगको बिश्वब्यापी महामारी र देशैभर लकडाउनको कारण ९८% अन्य छापा माध्यमसङ्गै प्रकाशन रोकिएको जनआस्था साप्ताहिक १३ हप्ताको प्राविधिक अवरोधपश्चात् अर्को बुधवार असार १७ गतेदेखि सुचारु हुन गइरहेको छ । यसवीच जनआस्था अनलाइन संस्करणमार्फत आदरणीय पाठकहरुसङ्ग नियमित सम्पर्कमै थियो ।

अर्को हप्तादेखि भने यसका दुबै संस्करण नियमित प्रकाशनमा रहनेछन् ।

आदरणीय पाठक, विज्ञापनदाता, ग्राहक, वितरकसहित सबै शुभेच्छुकहरुको माया र उत्प्रेरणा निरन्तर साथमा रहने हाम्रो दृढ़ बिश्वास छ । हामीलाई साथ-स्नेह दिनुहोस्, हामी सदा झैँ ताजा सामग्री सम्प्रेषणमार्फत यहाँहरुको सेवामा जुटिरहने भरमग्दुर कोसिस गर्नेछौं ।

– जनआस्था साप्ताहिक / जनआस्था अनलाइन

– आस्था प्रकाशन प्रा.लि.

टिप्पणीहरू