बेला घर्कियो,तालमेलको ढोका त अन्तै फर्कियो

बेला घर्कियो,तालमेलको ढोका त अन्तै फर्कियो

पाँचदलीय गठबन्धनको विकल्पमा अन्य दलसँग चुनावी तालमेल खुला गरेको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव दलबलसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर बकाइदा तालमेल वार्तामा जुटेका छन् । सीट भागबण्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक बसिरहेका बेला उपेन्द्र आज बेलुकी पौने ७ बजे बालकोट पुगेका हुन् ।

ओली निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदिप ज्ञवाली, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र महेश बस्नेत तथा जसपा अध्यक्ष उपेन्द्र यादव, सँघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठलगायतको टोलीवीच राती पौने नौ बजेसम्म छलफल भएको थियो ।

गठबन्धनमा जम्मा १६ सीट प्रस्ताव गरिएपछि भड्किएको जसपाले कार्यकारिणी समितिको बैठकबाट विकल्प खोज्ने औपचारिक निर्णय गरेको थियो । केही समय अगाडिदेखि नै एमालेका शीर्ष नेताहरुसँग सघन संवादमा रहेको जसपा बालकोटको आकर्षक प्रस्तावपछि ‘प्रतिगमनविरुद्धको गठबन्धन’ छोडेर एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको र आजको भेट सम्भव भएको स्रोतले बताएको छ ।

“एकातिर सीट पाउने लोभले उपेन्द्रका नेता,कार्यकर्ता एमालेमा हाम फाल्नु,आज अकस्मात उपेन्द्र स्वयं एमालेसङ्ग मिल्न जानुको पहिलो शिकार तिनै हुने देखिन्छ ।”

हरहालतमा सत्ता गठबन्धन भत्काउने प्रयासमा रहनुभएका अध्यक्ष ओली जसपाले मागेअनुसार सीट दिन तयार रहेको सन्देश पुगेपछि उपेन्द्र बालुवाटार बैठक छोडेर बालकोट गएका हुन् । मधेसलाई ‘टार्गेट’ गरेर चुनावी अभियान चलाइरहेको एमाले प्रतिनिधिसभातर्फ देशभर २५ सीट जसपालाई छोड्न राजी भएको स्रोत बताउँछ ।

यता, दुई पार्टीका अध्यक्षको भेट र सीट संख्याको विषयलाई लिएर दुवैतिरका स्थानीय नेता-कार्यकर्ता भने असन्तुष्ट देखिएका छन् । जसपालाई २ नम्बर प्रदेश ढुक्कसँग एक्लै चलाउन सहज हुनेगरी छोडेर आफूलाई १०-१२ क्षेत्रमा सीमित गरिए मधेसमा ‘विद्रोह’ हुनसक्ने एमालेका एक नेताले चेतावनी दिए । उनले भने,’बाहिर आएका कुरा सत्य हुन् भने मधेसमा पार्टी नेतृत्वले थेग्नै नसक्ने असन्तुष्टि बढ्ने निश्चित छ । ठाउँ-ठाउँमा बिद्रोह हुनसक्छ ।’

जसपाको एउटा पंक्ति पनि एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा छ । प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेर त्यसविरुद्ध बनेको गठबन्धनलाई सीट संख्यामा जोडी एमालेसँग सहकार्य गर्ने निर्णय आत्मघाती हुने उनीहरुको ठहर छ । आदिवासी जनजाति, मधेसीप्रति एमालेको दृष्टिकोण र नागरिकता विधेयकमा लिएको पछिल्लो अडानले पनि ऊसंगको तालमेल हानिकारक हुने जसपाको माथिल्लो तहका एक नेताले बताए । त्यस्तो सहकार्य राजनीतिक,नैतिक र व्यावहारिक कुनै पनि हिसाबले ‘जष्टिफाई’ नहुने उनको भनाई छ ।

“गठबन्धनबाट सबैभन्दा बढी लाभ लिएर पनि काँग्रेसका प्रभावशाली नेताहरु नै सहयात्री अन्य दलप्रति अनुदार हुनुको परिणाम गठबन्धन टुटाउने एमालेको रणनीतिले सफलता पाउने स्थिति बनेको जसपाका नेताहरुको बुझाइ छ ।”

त्यसो त, काठमाडौँमा नागरिकता विधेयकको विरोध गरेपनि मधेसमा एमालेको पक्षमा लहर देखिएको छ । त्यसमा पनि मधेस केन्द्रित जसपा र लोसपाकै नेता-कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । अध्यक्ष ओलीसहितका नेताहरु पाइजामा लगाएर मधेसका चुनावी अभियानमा लागेका छन् ।

सत्ता गठबन्धनका विरुद्ध एक्लै भिड्ने दावीका बाबजुद एमालेले पूर्वपञ्चहरुको पार्टी राप्रपालगायत अन्य साना पार्टीहरुसँग तालमेलको कसरत भने गरिरहेको छ । देशव्यापी प्रभाव नरहेको राप्रपासँग दुबै पार्टीका अध्यक्षको निर्वाचन क्षेत्र सुरक्षित गर्ने रणनीति देखिन्छ ।

मधेसमा जसपाका नेताहरु पार्टीमा भित्र्याएर पनि उच्च महत्वका साथ तालमेलको पहल गरिनुलाई विश्लेषकहरुले सत्ता गठबन्धन टुटाउने ओलीको रणनीतिका रुपमा अर्थ्याएका छन् । एकातिर सीट पाउने लोभले उपेन्द्रका नेता,कार्यकर्ता एमालेमा हाम फाल्नु,आज अकस्मात उपेन्द्र स्वयं एमालेसङ्ग मिल्न जानुको पहिलो शिकार तिनै हुने देखिन्छ ।

“सीट भागबण्डा मिलाउन बालुवाटारमा गठबन्धनको बैठक बसिरहेका बेला उपेन्द्र आज बेलुकी पौने ७ बजे बालकोट पुगेका हुन् । ओली निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली,उपमहासचिव प्रदिप ज्ञवाली,पोलिट ब्युरो सदस्य गोकुल बास्कोटा र महेश बस्नेत तथा जसपा अध्यक्ष उपेन्द्र यादव,सँघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठलगायतको टोलीवीच राती पौने नौ बजेसम्म छलफल भएको थियो ।”

उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिंदै जाँदा सीट भागबण्डामा देखिएको सकस, कांग्रेसभित्रको आन्तरिक कलह र उपेन्द्रको पछिल्लो ‘मुभ’ले वाम गठबन्धनको सम्भावना बढेको विश्लेषणसमेत हुन थालेको छ ।

गठबन्धनबाट सबैभन्दा बढी लाभ लिएर पनि काँग्रेसका प्रभावशाली नेताहरु नै सहयात्री अन्य दलप्रति अनुदार हुनुको परिणाम गठबन्धन टुटाउने एमालेको रणनीतिले सफलता पाउने स्थिति बनेको जसपाका नेताहरुको बुझाइ छ । ‘मनोनयन दर्तासम्म जे पनि हुनसक्छ । वाम गठबन्धन बन्यो भने अचम्म नमाने हुन्छ’, जसपाका एक नेताले भने ।

यता,माओवादी र एकीकृत समाजवादीका नेताहरु पनि कांग्रेसको ढुलमुले नीतिले गठबन्धन टुट्ने अवस्था आएको बताउँछन् । पार्टीको आन्तरिक विवाद देखाएर काँग्रेसले सीट भागबण्डामा अरु दललाई कर्नरमा पार्न खोज्दा उपेन्द्र भड्किएको उनीहरुको बुझाइ छ । सहमतिका नाममा समय घर्काएर अन्तिममा अर्को गठबन्धन हुन नदिने कांग्रेसको रणनीतिलाई बुझेका उनीहरु भने अहिले पनि बालुवाटारको ‘माथापच्ची’ मै छन् ।

टिप्पणीहरू