असार–साउनमा झैँ मुलुकभर बाढी पहिरोको प्रकोप, सचेत रहन आग्रह

असार–साउनमा झैँ मुलुकभर बाढी पहिरोको प्रकोप, सचेत रहन आग्रह

दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न नदीमा पानीको सतह उच्च विन्दुमा पुगेको छ । जलसतह बढेका कारण कतिपय स्थानमा पानी मानव बस्तीसम्म पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती नदीको जलसतह उच्च तहमा पुगेको छ । खोकना जल मापन केन्द्रले आज साँझसम्म बाग्मतीमा पानीको सतह अझै बढ्ने जनाएको छ ।

त्यस्तै, त्रिशुली, बुढीगण्डकी र मर्स्याङ्दी नदीको जल सतह पनि सतर्कता तह आसपास पुगेको विभागको भनाइ छ । बबई र राप्ती नदीमा पानीको सतह खतराको तहमा पुगेको छ भने नारायणी पनि उच्च जोखिममा पुगेको छ ।

नदीमा जलसतह बढेसँगै विभागले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

अहिले पनि काठमाडौं उपत्यकाकासहित देशका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेको छ । आगामी छ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

वर्षाको कारण अधिकांश राजमार्ग, सहायक मार्गमा पहिरो गएको छ । कतिपय स्थानमा बिहानदेखि अवरुद्ध सडक खुल्न सकेको छैन ।

टिप्पणीहरू