काँग्रेसले स्थानीय तहमा उठेकालाई टिकट नदिने

काँग्रेसले स्थानीय तहमा उठेकालाई टिकट नदिने

नेपाली काँग्रेसले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका कसैलाई पनि आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा टिकट नदिने निर्णय गरेको छ ।

काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनको निम्ति प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारको मापदण्ड तय गर्दै उक्त निर्णय गरेको बताइएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवम् आगामी दिनको सम्भावना समेतलाई आधार बनाइनेछ ।’ स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवार नबनाउने काँग्रेसको निर्णयमा उल्लेख छ ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा हिजो केही नाम हेरफेर गरेपछि आज प्रत्यक्षतर्फका उम्मेदवार चयनको निम्ति बैठक डाकिएको बताइएको छ ।

टिप्पणीहरू