जबरजस्ती करणी प्रयासमा खानीखोलाका प्रहरी निरिक्षकमाथि मुद्दा दर्ता

जबरजस्ती करणी प्रयासमा खानीखोलाका प्रहरी निरिक्षकमाथि मुद्दा दर्ता 

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयासमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक अपूर्व ढुंगानामाथि मुद्दा दर्ता भएको छ ।

जबरजस्ती करणी उद्योगमा जिल्ला प्रहरी कार्यालय धादिङमा आजै मुद्दा दर्ता भएको हो । उनी फूलपातीको दिन बिहान कार्यालयबाटै पक्राउ परेका थिए । पीडित महिला प्रहरीको उजुरीको आधारमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका उपरिक्षक राकेश सिंहले बताए ।

शनिवार बिहान करिव एक बजे कार्यालय परिसरभित्रै करणी प्रयास भएको बताइएको छ । ढुंगानालाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । उनी १० महिनादेखि इलाका प्रहरी कार्यालय खानीखोलामा प्रमुखको जिम्मेवारीमा थिए ।

पक्राउ परेका प्रहरी निरिक्षक ढुंगानामाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।

टिप्पणीहरू