दशैंमा पनि पेट्रोलियम पदार्थको डिपो खुल्ने

दशैंमा पनि पेट्रोलियम पदार्थको डिपो खुल्ने

नेपाल आयल निगमले दशैं बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने भएको छ । दशैं बिदाको समयमा उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै निगमले उक्त डिपोबाट पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।

निगमले प्रदेश नम्बर १ को विराटनगर र मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जमा असोज १६, २० र २१ गते डिपो खुला रहने जनाएको छ ।

बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालयले असोज १५, १६, १८ र २१ गते पेट्रोलियम पदार्थ बिक्री गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले असोज १६ र २१ गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले असोज १६, १७ र २१ गते डिपो खोल्ने जनाएको छ । निगमका अनुसार शाखा कार्यालयहरु चारआली असोज १६ र २१ गतेका दिन खुल्नेछ ।धनुषाले असोज १६ र २० गते, वीरगञ्जले १६, २० र २१ गते, नेपालगञ्ज, दाङ शाखा कार्यालयले १६ र २१ गते तथा दिपायलले १६, २० र २१ गते इन्धन बिक्री गर्ने जनाएको छ ।

टिप्पणीहरू