चिनियाँ राजदूतको सरुवा,काठमाडौंबाट इण्डोनेसिया

चिनियाँ राजदूतको सरुवा,काठमाडौंबाट इण्डोनेसिया

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीको काठमाडौंबाट इण्डोनेसियाको राजधानी जकार्ता सरुवा भएको छ । चीन सरकारले काठमाडौंमा रहेकी राजदूत यान्छीलाई इण्डोनेसियास्थित क्षेत्रीय सँगठनमा प्रतिनिधित्व गराउन लागेको बताइन्छ ।

राजदूत हौ चार वर्षअघि नेपालका लागि राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आउनुभएको थियो । उहाँ सन् २०१८ को डिसेम्बरमा काठमाडौं आउनुभएको हो ।

सन् १९९६ देखि चिनियाँ विदेश मन्त्रालयको सेवामा प्रवेश गर्नुभएकी राजदूत यसअघि मन्त्रालयमा दक्षिण एसियाली मामिला हेर्ने विभागकी उपनिर्देशक हुनुहुन्थ्यो । त्यसअघि पाकिस्तानस्थित चिनियाँ दूतावास र अमेरिकाको लस एञ्जलसमा रहेको चिनियाँ महावाणिज्य दूतावासमा वाणिज्य दूतको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

टिप्पणीहरू