महात्मा गान्धीको सम्झनामा कागेश्वरीमा कार्यक्रम,पूर्वराष्ट्रपति पनि सामेल

महात्मा गान्धीको सम्झनामा कागेश्वरीमा कार्यक्रम,पूर्वराष्ट्रपति पनि सामेल

काठमाडौँमा भारतीय नेता महात्मा गान्धीको १५३ औं जन्मजयन्ती मनाइएको छ । कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको आयोजनामा आज गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस विविध कार्यक्रम गरी मनाइएको हो ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई प्रमुख अतिथि बनाइएको छ । विशेष अतिथिका रुपमा दिल्ली विश्वविद्यालयका रामचन्द्र प्रधान,आश्रम गान्धी पुरीका संस्थापक अध्यक्ष अगष्ट ईन्द्र उदियाना र भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थिति रहेको छ ।

त्यस्तै,संविधानसभा सदस्य दिपक प्रसाद कुँइकेल,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि मनहरि खड्का,मुख्य गुठीयारहरू भद्रकुमारी घले,श्रीमती उर्मिला गर्ग र कागेश्वरी मनोहराका उपमेयर शान्ता थापालगायत जापानी नागरिकको पनि सहभागिता रहेको कार्यक्रम आयोजकले जनाएको छ ।

टिप्पणीहरू