मध्यरातसम्म गलफत्ती गर्यो,जिम्मा फेरि अध्यक्ष ओलीलाई नै

मध्यरातसम्म गलफत्ती गर्यो,जिम्मा फेरि अध्यक्ष ओलीलाई नै

एमालेको हिजो राति बसेको सचिवालय बैठकले पनि आगामी निर्वाचनको निम्ति उम्मेदवारको टुंगो लगाउन सकेको छैन । हिजो साँझदेखि मध्यरातसम्म बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाउने जिम्मा सदा झैं फेरि पनि अध्यक्ष ओलीलाई नै दिएको छ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष निवासमा बैठक छ घण्टा बसे पनि निश्कर्ष निकाल्न असमर्थ भएको हो । बैठकमा सचिवालय सदस्यहरु ईश्वर पोखरेल,विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ,सुवास नेम्वाङ,प्रदीप ज्ञवाली, रामबहादुर थापा,रघुवीर महासेठ,अष्टलक्ष्मी शाक्य,लेखराज भट्ट, छविलाल विश्वकर्मा, शंकर पोखरेल,युवराज ज्ञवली,गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत डेढ दर्जनको उपस्थिति थियो।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको टुंगो अध्यक्षले तजबिजमा टुंगो लगाउने जिम्मा लगाएर सचिवालय सदस्यहरु राति पौने १२ बजे त्यहाँबाट निस्केका थिए ।

टिप्पणीहरू