आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

नेपालीहरुको महान चाड दसैँ, तिहार, छठ र नेपाल सम्बत्को अवसरमा आइएमईले ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गतको चौथो हप्ताका विजेता सार्वजनिक गरिएको छ ।

आज काठमाडौँको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका साप्ताहिक विजेता छानिएका छन् ।

विजेताद्वयले जनही २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम विश्वकर्मा, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेतामा छनोट भएका छन् । उनीहरुले एक÷एक सेट सामसुङ मोबाइल उपहारस्वरूप प्राप्त गरेका छन् ।आइएमईको दशैं अफरमा विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यो अफर गत भदौ १६ गतेदेखि कार्तिक १६ गतेसम्म कायम हुनेछ । अफरसँग सम्बन्धि विस्तृत जानकारीका लागि आइएमइ पेको आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित सम्पर्क कार्यालय, नेपालमा रहेका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ ।

अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्न कम्पनीले सञ्चालन गरेका सेवा र शर्तहरूको अक्षरशः पालन गर्नुपर्ने बताइएको छ ।

टिप्पणीहरू