टिकट टुंग्याउन एमालेले सचिवालय बोलायो

टिकट टुंग्याउन एमालेले सचिवालय बोलायो

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो । बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दां एमालेले बैठक बोलाएको हो । बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरी टुंगोमा पुग्ने एमालेको तयारी छ ।

त्यस्तै विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेबारे समेत छलफल हुने जनाइएको छ ।

टिप्पणीहरू